मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘चोलेन्द्रकी छोरी हुँ’ भन्ने महिला नक्कली भएको खुलासा

‘चोलेन्द्रकी छोरी हुँ’ भन्ने महिला नक्कली भएको खुलासा

आफ्नो नाम सुनिधि राणा भएको र प्रधानन्यायाधीशको निवासमा बस्दै आएका आफ्ना बुबा (चोलेन्द्र)लाई नजरबन्दमा राखिएको भनेर मिडियासामु बयान दिएकी महिला छोरी नभएको खुलासा भएको हो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी हुँ भन्दै सञ्चारमाध्यममा बयान दिने महिला नक्कली भएको खुलासा भएको छ। 

आफ्नो नाम सुनिधि राणा भएको र प्रधानन्यायाधीशको निवासमा बस्दै आएका आफ्ना बुबा (चोलेन्द्र)लाई नजरबन्दमा राखिएको भनेर मिडियासामु बयान दिएकी महिला वास्तविक छोरी नभएको खुलासा भएको हो। 

चोलेन्द्र शमशेर राणाको सम्पत्ति विवरणमा सुनिधि राणा नामकी छोरी नभेटिएको र छोरी हुँ भन्दै बयान दिने व्यक्ति नक्कली भएको न्यूज एजेन्सी नेपालले विज्ञप्ति जारी गर्दै क्षमायाचना गरेको छ। 

चोलेन्द्रकी छोरी बताउने ती महिलाको भिडियो न्युज एजेन्सी नेपालले प्रसारण गरेको थियो। एजेन्सीले पठाएको उक्त भिडियो/समाचार नेपाल समयले पनि प्रसारण गरेको थियो। ती सामग्री हामीले हटाउँदै पाठकवर्गसँग क्षमायाचना चाहन्छौँ। 

प्रकाशित: Sep 19, 2022| 22:05 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।