मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोठाटारमा गोली चल्दा एक जना घाइते, प्रहरी भन्छ - हामी अपरेसनमै छौं

गोठाटारमा गोली चल्दा एक जना घाइते, प्रहरी भन्छ - हामी अपरेसनमै छौं

सोमबार बेलुका गोली चल्दा घाइते भएका लाल मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- काठमाडौंको गोठाटारमा गोली चल्दा एक जना घाइते भएका छन्। सोमबार बेलुका गोली चल्दा घाइते भएका लाल मोहम्मदलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए। 

उनले भने, 'सानो हतियारबाट गोली चलेको भन्‍ने प्रारम्भिक रुपमा बुझिएको छ। हामी घटनास्थलमा नै छौं। अपरेशन जारी छ।' 

दुई जनाको समूहमा आएका युवाले गोली प्रहार गरेको बताइएको छ। गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली हानी उनीहरू फरार भएका छन्। उनीहरूको खोजी भइरहेको पनि प्रहरी उपरीक्षक मैनालीले बताए। 

घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान सुरु गरेको छ। गोली प्रहार गर्ने व्यक्तिको साथबाट २ राउण्ड लोड, १ भुइँमा खसेको र १ गोलीको खोकासहित यूएसए पेस्तोल फेला परेको छ।

प्रकाशित: Sep 19, 2022| 20:23 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।