काठमाडौं- फिल्म 'ऐना झ्यालको पुतली' ९५औँ संस्करणको अस्कर अवार्डका लागि सिफारिस भएको छ। नेपालको इन्टरनेसनल फिचर फिल्म कमिटीले फिल्मलाई सिफारिस गरेको हो।
अस्कर अवार्डका लागि प्रतिस्पर्धी बन्न 'प्रकाश', 'राधा' र 'ऐना झ्यालको पुतली' छानिएका थिए। प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी 'ऐना झ्यालको पुतली'लाई सिफारिस गरिएको एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेसअन्तर्गत अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समितिले जानकारी दिएको छ।