मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शीतलनिवासले गर्‍यो भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

शीतलनिवासले गर्‍यो भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

राष्ट्रपति विद्या भण्डारीबाट भए/गरेका काम–कारबाही विज्ञप्तिमार्फत जानकारी गराइँदै आएको शीतलनिवासले बताएको हो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं– राष्ट्रपति कार्यालय शीतलनिवासले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर विभिन्न भ्रामक समाचार सम्प्रेषण गरिएको जनाएको छ। राष्ट्रपति कार्यालयले राष्ट्रपतिको कार्यालयबाट भए/गरेका काम–कारबाही नियमित रूपमा विज्ञप्तिमार्फत जानकारी गराउँदै आएको बताएको छ।

‘कार्यालय र सम्माननीय राष्ट्रपतिलाई जोडेर विभिन्न किसिमका भ्रामक समाचार प्रकाशन भइरहेकाले आधिकारिक व्यक्तिसँग बुझी यथार्थ समाचार प्रकाशन र प्रसारण गरिदिनुहुन अनुरोध छ,’ प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयक राष्ट्रपतिले अड्काएर राखेको भन्दै विभिन्न आशंका जन्मिरहेका बेला राष्ट्रपति कार्यालयबाट यस्तो बताएको हो।

प्रकाशित: Sep 19, 2022| 15:38 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।