बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • निर्वाचन विशेष
  • मुख्य दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाउन अबेर गरेकामा प्रमुख निर्वाचन आयुक्त थपलियाको व्यंग्य

मुख्य दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाउन अबेर गरेकामा प्रमुख निर्वाचन आयुक्त थपलियाको व्यंग्य

आयोगले सोमबार बेलुकी ५ बजेसम्म समानुपातिक तर्फको बन्दसूची बुझाउने समय दिए पनि मुख्य राजनीतिक दलहरू अहिलेसम्म आयोग कार्यालय पुगेनन््।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं– समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन सोमबार ३ बजिसक्दा पनि मुख्य राजनीतिक दलहरू निर्वाचन आयोग नपुगेपछि प्रमुख आयुक्त दिनेशकुमार थपलियाले व्यंग्य गरेका छन्। राजनीतिक दलहरूको ढिलाइका कारण समानुपातिक प्रणालीतर्फको उम्मेदवारको नाम रुजु गर्न मंगलबार बिहानसम्मको समय लाग्न सक्ने उनले बताए।

National life

दलहरू कुरेर बसेका कर्मचारीलाई भेट्न पुगेका थपलियाले आयोग परिसर पुगेका सबै दलको बन्दसूची बुझ्ने र मंगलबार बिहानसम्म लागे पनि रुजु सकाउन निर्देशन दिए। उनले समानुपातिक दल दर्ता गर्दा पनि दलहरू १२ भदौ अन्तिम समयमा पुग्दा १३ भदौ बिहानसम्म काम गरेको सुनाए।

‘विगतको अनुभवलाई समेत हेर्दा भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुस गरेका छौं’, थपलियाले भने, ‘तर हामी सम्पूर्ण स्रोत–साधन र क्षमताले लोकतन्त्र बलियो बनाउने निर्वाचनको अभियानमा आयोगका तर्फबाट कमी हुन दिँदैनौं। आयोग परिसरभित्र छिरेका सबै राजनीतिक दलहरूले यही बसेर सबै काम नसकुन्जेल यहीँ बसेरै हाम्रा कर्मचारी परिचालित हुन्छन्।’

अहिलेसम्म आयोगमा ३ दलले मात्र प्रतिनिधिसभातर्फको उम्मेदवार बन्दसूचि बुझाएका छन् । प्रदेशतर्फ पनि ३ दलले मात्र बुझाएका छन्। आयोगले सोमबार साँझ ५ बजेसम्म समानुपातिक तर्फको बन्दसूची बुझाउने समय दिएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी राप्रपालगायत दलहरू अहिलेसम्म आयोग कार्यालय पुगेका छैनन्।

प्रकाशित: Sep 19, 2022| 15:25 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...