बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाँकेमा नियन्त्रणबाहिर लागु औषध : सीमानाकादेखि गाउँघरसम्म फुक्काफाल कारोबार

बाँकेमा नियन्त्रणबाहिर लागु औषध : सीमानाकादेखि गाउँघरसम्म फुक्काफाल कारोबार

भारतसँगको खुला सीमा र फितलो सुरक्षा रणनीतिले बाँकेमा लागूऔषध दुव्र्यसनी तथा ओसारपसार दिनानुदिन बढेपछि बाँके र भारतीय सहरमा सामाजिक अपराध बढिरहेको प्रहरी बुझाइ छ।
 |  सोमबार, असोज ३, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

सोमबार, असोज ३, २०७९

नेपालगञ्ज- कोहलपुरस्थित चप्परगौडीको एक घरमा प्रहरीले गत शनिबार छापा हान्यो। लगूऔषधको कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरी टोलीले त्यहाँबाट २६ ग्राम ४०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित तीन कारोबारीलाई पक्रियो। उनीहरूको साथबाट प्रहरीले एक थान लागूऔषध तौल गर्ने तराजु र ५ लाख ७३ हजार ८१० रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ पर्ने कोहलपुर–१२ चप्परगौडीका ३८ यशोदा कार्की, उनका श्रीमान् रुद्रबहादुर कार्की र सोही ठाउँका २४ वर्षीय मनोज गिरीले लामो समयदेखि लागूऔषध ब्राउन सुगर कारोबार गर्दै आएको भन्ने प्रहरीमा सूचना पुगेको थियो।

triton college

त्यसको अघिल्लो दिन ३१ भदौमा  मात्रै लागूऔषधसहित बाँके खजुरा गाउँपालिका–४ का २९ वर्षीय आशीष चौधरीलाई प्रहरीले समायो। भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमाथि प्रहरीले शंका लागेर जाँच गर्दा लागूऔषधसहित समातिए। प्रहरीले चौधरीका साथबाट कालो प्लास्टिकले पोका पारिएको ४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। २२ भदौमा पनि इलाका प्रहरी कार्यालय कोहलपुरले दस बिघामा रहेको एक लागूऔषधको अखडामै हात हाल्यो। होटलको आवरणमा लागूऔषध ब्राउन सुगरको कारोबार गर्दै आएको भन्ने सूचनामा दैलेखी सुर्खेती आयुष गेस्टहाउसबाट प्रहरीले १३० मिलिग्राम लागूऔषध ब्राउनसुगर र होटल सञ्चालकलाई पक्राउ गरेको छ। कोहलपुर नगरपालिका–५ घर भई दस बिघामा होटलको आवरणमा लागूऔषध बिक्री वितरण गर्ने गणपति सुवेदी प्रहरीको कब्जामा परे। 

भदौको दोस्रो साता मात्रै बाँकेको चिसापानीबाट जाजरकोटका २५ वर्षीय गोपाल रोकाय र लेखराज विष्टलाई साढे तीन किलो अफिमसहित प्रहरीले पक्राउ गरेको थियो भने नेपालगन्जबाट काठमाडौं लैजान लागिएको ठूलो मात्राको लागूऔषधसहित एक जनालाई ४ भदौमा प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज विमानस्थलबाट लागूऔषध ब्राउन सुगर खैरो हिरोइनसहित कोहलपुरका रोहन शाहलाई नियन्त्रणमा लिएको छ। विमानस्थलको यात्रु कक्षमा आराम गरिरहेका बाँके कोहलपुर नगरपालिका–११ का २५ वर्षीय रोहन शाहलाई ६४ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। 

भारतीय सीमा नजिकै नेपाली गाउँहरू जयसपुर, राधापुर, साइगाउँ, नरैनापुरलाई लागूऔषध भित्रिने मुख्य नाकाको रूपमा प्रहरीले संकेत गरेको छ। ती स्थान अवैध लागूऔषध खरिद, बिक्री र सेवन गर्न सहज स्थान मानिएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेमा पछिल्लो दुई महिनाको मात्र तथ्यांक हेर्दा दोस्रो नम्बरमा लागूऔषधका मुद्दा छन्। गत असार र साउनमा १३ वटा लागूऔषधका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक छ। यसरी लागूऔषधका घटना बढ्दै जानु गम्भीर विषय रहेको प्रहरी बताउँछ। तर नियन्त्रणमा खास प्रगति हुन सकेको छैन। भारतसँगको खुला सीमा र फितलो सुरक्षा रणनीतिले बाँकेमा लागूऔषध दुर्व्यसनी तथा ओसारपसार दिनानुदिन बढिरहेको छ। यसले भारतसँग सीमा जोडिएको बाँके र भारतीय सहरमा थुप्रै सामाजिक समस्या र अपराध बढाइरहेको प्रहरीको बुझाइ छ। 

खुला सीमा, खुलै कारोबार
नेपाल–भारत सीमा क्षेत्रको जमुनाह नाका र त्यससँग जोडिएका सीमा क्षेत्रमा लागूऔषधको कारोबार अहिले खुलम खुल्ला चल्छ। बिनारोकटोक लागूऔषध ओसारपसारमा युवाहरू संलग्न छन्। विभिन्न चरणमा प्रहरीले लागूऔषधको सेवन तथा कारोबार नियन्त्रणका लागि अभियान सञ्चालन गरेको छ। तर त्यसले खासै काम गरेको देखिन्न। प्रहरी अध्ययनले अहिले लागूऔषधको कारोबार र सेवन सीमा क्षेत्र अनि नेपालगन्ज सहर मात्र होइन, ग्रामीण क्षेत्रमा समेत बढ्दो छ। 

corrent noodles
Metro Mart

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भारतबाट लुकाइछिपाई लागूऔषध ल्याउने क्रम नरोकिएको बताए। ‘खुला सीमाका कारण अवैध रूपमा बाँकेमा धेरै सामान आउँछ। लागूऔषध पनि आउने गरेको छ।’ एसपी अधिकारीले भने, ‘हामीले अवैध कारोबारमा संलग्नलाई पक्राउ गरेर मुद्दा चलाएका छौं।’ 

बाँकेमा मुख्य चुनौतीको रूपमा रहेको लागूऔषध नियन्त्रण गर्न प्रहरीले काम गरिरहेको बताउँछ तर नियन्त्रणका कुनै संकेत देखापरेका छैनन्। प्रहरीका अनुसार लागूऔषध दुर्व्यसनीमा फसेकाहरूको संलग्नता अन्य आपराधिक घटनामा रहने गरेको छ। ‘विशेषगरी चोरी, हत्या, तस्करमा लागूऔषध प्रयोगकर्ताको सम्बन्ध जोडिने गरेको छ,’ एसपी अधिकारीले भने।

प्रकाशित: Sep 19, 2022| 15:24 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।