मंगलबार, साउन १२, २०८३

सिनामंगलमा फेला पर्‍यो पुरुषको शव, हत्या आशंका

आइतबार काठमाडौंको सिनामंगलमा पुरुषको शव फेला परेको थियो। घोप्टो परेको अवस्थामा शव फेला परेको थियो।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं- आइतबार काठमाडौंको सिनामंगलमा पुरुषको शव फेला परेको थियो। घोप्टो परेको अवस्थामा शव फेला परेको थियो।

मृत फेला पर्नेमा दोलखा घर भएर हाल सिनामंगल बस्दै आएका ३२ वर्षीय सुरज खड्का रहेका छन्। सुरजहो हत्या भएको भन्दै आफन्त भने आन्दोलित बनेका छन्।

सुरजका आफन्तले आज प्रहरी कार्यालय घेरेका छन्। आइतबार बेलुका काम परेको भन्दै घरबाट निस्किएका सुरजले बेलुका फोन गरेर आफू घर नआउने र खाना खाएर सुत्नु भनेको बहिनी अस्मिता खड्काले बताइन्।

प्रहरीले भने एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

सुरजको शव सिनामंगलस्थित बाजेको सेकुवा घरनजिक घोप्टो पारेर राखेको अवस्थामा फेला परेको थियो। हाल शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ।

उनी मृत भेटिएपछि परिवार पनि घरबाट काठमाडौं आइपुगेका छन्। सुरजले किराना पसल सञ्चालन गर्दै आएका थिए।

प्रकाशित: Sep 19, 2022| 13:15 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।