शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार र चिकित्सकबीच आज वार्ता हुने : ओपीडी सेवा खुल्यो

सरकार र चिकित्सकबीच आज वार्ता हुने : ओपीडी सेवा खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आन्दोलनरत चिकित्सक र सरकारबीच आज वार्ता हुने भएको छ  । बिहान साढे ११ बजे स्वास्थ्य मन्त्रालयमा दुईपक्षबीच वार्ता हुन लागोको हो । 

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले आइतबार बेलुका चिकित्सकहरुलाई वार्तामा आउन आह्वान गरेका थिए । उनकै आह्वानमा आज वार्ता हुन लागेको हो । वार्तामा नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्ती श्रेष्ठ, महासचिव डाक्टर लोचन कार्कीसहितका पदाधिकारी सहभागि हुने भएका छन् । 

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरुले आइतबारदेखि आन्दोलन चर्काएका छन् । उनीहरुले सरकारले संसोधनको आश्वासन दिए पनि प्रक्रिया अघि नबढाएको भन्दै देशभरका अस्पतालहरुको ओपीडि सेवा समेत ठप्प पारेर सडकमा उत्रिएका छन् ।

मुलुकी अपराध संहितामा बिरामी हेर्दा डाक्टरलाई अपराधी बनाउने व्यबस्था रहेको भन्दै उनीहरुले चर्को विरोध गरिरहेका छन् । 

विरोधस्वरुप आइतबार देशभरका अस्पतालहरुको ओपीडि सेवा बन्द गरेका डाक्टरहरुले सोमबारबाट भने ओपीडि सेवा खोलेका छन् । उनीहरुले सोमबार बिरामी जाच्ने काम सुरु गरेका छन् ।

चिकित्सक संघका महासचिव कार्कीले नेपाल समयसंग भने- 'हामी बिहानैदेखि बिरामी हेरिरहेका छौ, ओपीडि बन्द छ भन्ने भ्रममा कोही पनि नपर्नु होला । आज अस्पताल खुल्ला छ ।' उनले प्रशासनिक काम भने ठप्प पारेका जानकारी दिए । 

सरकारले आफूहरुको माग सम्बोधन नगरे मंगलबार इमरजेन्सी बाहेकमा भर्ना रोक्ने, बुधबार इमरजेन्सी बाहेकका बिरामी नहेर्ने र बिहीबार एक्सरे, भिडियो एक्सरेलगायतका सेवा समेत बन्द गर्ने चिकित्सकहरुको तयारी छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।