बिहीबार, असोज ८, २०८३

संगीतकार सुनामको निधन

भाउजू, आमा, दाजुभाइ, बन्धन, चाहनाजस्ता नेपाली चलचित्रमा कालजयी संगीत दिएका सुनामले सेक्सोफोन बाजालाई वाद्यवादनका रूपमा स्थापित गरेका गरे।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

काठमाडौं– संगीतकार शुभबहादुर सुनामको सोमबार बिहान ७४ वर्षको उमेरमा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा बिहान ५ बजे निधन भएको हो। सुनाम लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए। सैनिक सलामीसहित उनलाई अन्तिम दाह संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ। 

भाउजू, आमा, दाजुभाइ, बन्धन, चाहनाजस्ता नेपाली चलचित्रमा कालजयी संगीत दिएका सुनामले सेक्सोफोन बाजालाई वाद्यवादनका रूपमा स्थापित गरेका गरे। उनी ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए।

सैनिक ब्यान्डमा रही वाद्यवादन र संगीत सिर्जनामा सक्रिय थिए। सुनामले तत्कालीन युवराज दीपेन्द्र शाहलाई समेत संगीत सिकाएका थिए।

प्रकाशित: Sep 19, 2022| 12:16 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।