शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेती प्रदेशिक अस्पतालले भन्यो- डा. केसीको स्वास्थ्य नाजुक बन्यो, अन्यत्रै सार्नुपर्छ

सेती प्रदेशिक अस्पतालले भन्यो- डा. केसीको स्वास्थ्य नाजुक बन्यो, अन्यत्रै सार्नुपर्छ

धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको छ।
 |  सोमबार, असोज ३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३, २०७९

धनगढी- धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको छ।

National life

अस्पतालले सोमबार एक सूचना जारी गर्दै केसीको स्वास्थ्यवस्था विग्रदै गएकाले उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आवश्यक रहेको जनाएको छ।

डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गरेका छन्। चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ।

सेती प्रादेशीक अस्पतालले केसीमा टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, शरीरका मांसपेसी दुख्नेलगायत समस्या देखिन थालेको जनाएको छ।

उनको उपचारमा संलग्न चिकित्सक डा. अमृत जैसीले आइतबारदेखि अक्सिजन दिन थालिएको बताएका छन्। 'शरीरमा सुगरको मात्रा एकदमै कम देखिएको छ। औषधि लिन मान्नु भएको छैन। मुटुको चालमा समस्या भइरहेको छ। बेचैनी बढेको छ। सात दिनमा तीन किलोभन्दा बढी तौल घटिसकेको छ। यही अवस्था रहे उहाँको स्वास्थ्यमा थप जटिलता देखिने छ,' उनी भन्छन्।



प्रकाशित: Sep 19, 2022| 11:28 सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।