शुक्रबार, साउन १, २०८३

सल्यानमा पहिरोले घर बगायो, तीन बालबालिकाको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सल्यान- सल्यानमा पहिरोले घर बगाउँदा पुरिएका तीन जना बालकालिकाको मृत्यु भएको छ । 

बागचौर नगरपालिका- १२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घरमाथिबाट आइतबार बिहान पहिरो आउँदा उनका छोरीहरु दश वर्षिया ललिता, ४ बर्षिया मेनका र ७ वर्षिया छोरा ललित डाँगीको पुरिएर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पहिरोले पुरिका तीन जना बालबालिकाको शव सोमबार करिव ५ बजेतिर निकालिएको छ । पहिरोले बालाराम डाँगी र उनकी श्रीमती सामान्य घाइते भएका छन् ।

‘वावु आमा भैसी दुहन गएको र वालवालिकाहरु भान्सा कोठामा खाना खादै गर्दा पहिरो आएको रहेछ ।’ सल्यानका डिएसपी विरेन्द्र शाहले भने ‘प्रहरी र स्थानीयको सक्रियतामा विहान मात्रै तीनै जना बालकालिकाको शब निकालिएको छ ।’

यस्तै सल्यानकै बागचौर –५ आला गोठीवनमा सोमबार बिहान पाँचबजेतिर धनबहादुर ओलीको गोठ भत्किएको छ । तर मानविय क्षति भने हुन पाएको छैन् । सल्यानमै गएको १२ गते मात्रै बागचौर नगरपालिका ४ मा घरको दलिन भाँचिदा एक घरमा ५ जनाको मृत्यु भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।