मंगलबार, वैशाख २९, २०८३

इस्लिङ्टन कलेजले वितरण गर्‍यो एएए छात्रवृत्ति

इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति वितरण गरेको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति वितरण गरेको छ। 

National life

कलेजले एएए छात्रवृत्ति पुरस्कार समारोह २०२२ को आयोजना गरी प्राज्ञिक, अनुशासन र सहभागिता क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कृत गरेको बताएको छ।

यो छात्रवृत्ति पुरस्कारले एकाडेमिक, एटेन्डेन्स र एटिच्युडलाई एकै सूत्रमा बाँध्ने विश्वास कलेजले गरेको छ। शतप्रतिशत छात्रवृत्ति पुरस्कार मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन अध्यापन गर्नु उक्त छात्रवृत्ति पुरस्कार वितरणको उद्देश्य रहेको कलेजको भनाइ छ।

यस छात्रवृत्ति पुरस्कारको प्रथम संस्करणमा कुल २७८ जना विद्यार्थीहरूले आवेदक दिएका थिए। २ करोड रुपैयाँ पुरस्कार राशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक सदस्यहरूले योग्यताका आधारमा ६४ विद्यार्थीहरू छनोट गरेका थिए।

पुरस्कार वितरण गर्दै कलेजका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि उत्कृष्टता प्रदर्शन गर्ने ठूलो अवसर भएको बताए।


प्रकाशित: Sep 18, 2022| 18:17 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्