काठमाडौं- न्याय सेवा आयोगले आगामी निर्वाचनका लागि निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत सिफारिस गरेको छ। आइतबार बसेको आयोगको बैठकले २० जना जगेडा निर्वाचन अधिकृत सहितका उम्मेदवार सिफारिस गरेको हो।
न्याय सेवा आयोगले सिफारिस गरेका ९४ मुख्य निर्वाचन अधिकृतहरूमध्ये १६ जना जगेडामा राखिएको छ। उनीहरू सबै कम्तीमा जिल्ला अदालतका न्यायाधीशहरू हुन्।
यस्तै सिफारिस भएका ८८ निर्वाचन अधिकृत भने न्याय सेवा आयोगका कम्तीमा अधिकृतस्तरका कर्मचारी हुन्। २० जना जगेडा निर्वाचन अधिृकतसहितलाई निर्वाचन आयोगले जिम्मेवारी प्रदान गर्नेछ।
आयोगले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न दलहरूलाई आग्रह गरेको छ।
यी हुन् सिफारिस मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत