काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले अस्पताल ठप्प बनाएर चिकित्सकहरु आन्दोलनमा उत्रिएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
नयाँ मुलुकी अपराध संहितामा रहेका केहि प्रावधानप्रति अस्तुष्टि जनाउँदै चिकित्सकहरु सडकमा उत्रिएका हुन् । उनीहरुले डाक्टरलाई अपारधि बनाउने ऐन संसोधन हुनु पर्ने माग गर्दै अस्पताल नै पारेका छन् भने एप्रोन र लाइसेन्ससमेत मेडिकल काउन्सिललाई बुझाएका छन् । नेपाल चिकित्सक संघका अनुसार ६ हजार डाक्टरको लाइसेन्स काउन्सिललाई बुझाइएको छ ।
यिनै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले 'मुलुकी संहिताविरुद्ध संघर्ष : देशभरका चिकित्सक सडकमा' शीर्षकमा खबर छापेको छ । 'चिकित्सक आन्दोलन : अस्पताल ठप्प' शीर्षकमा कान्तिपुरले खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले 'बिरामीको बिजोगः डाक्टर उत्रिए सडकमा' शीर्षकमा खबर प्रकाशित गरेको छ । नयाँ पत्रिकाले भने यो विषयलाई पहिलो पृष्ठमा समेत स्थान दिएको छैन् ।
डाक्टरहरु अस्पताल नै बन्द गरेर आन्दोलनमा उत्रिदा बिरामीको भने बिजोग भएको पत्रपत्रिकाले लेखेका छन् । टाढा टाढा बाट आएका बिरामीहरु उपचार नपाए पछि निराश हुँदै घर फर्किएका छन् । गम्भिर प्रकृतिका समस्या बोकेर आएका नागरिकले समेत उपचार नपाएपछि उनीहरु ठूलो तनावमा रहेको पत्रपत्रिकामा खबर छ ।
यो विषय बाहेका आजको कान्तिपुर र अन्नपूर्ण पोस्ट्ले विदेशमा रहेका नेपालीलाई मतदानको व्उबस्था मिलाउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको विषयलाई पनि प्राथमिकताका साथ छापेका छन् । नेपाली नागरिकता नत्यागेको, अन्य कुनै देशको नागरिकता नलिएको र मतदानका लागि उमेर पुगेकालाई मताधिकार दिने गरि कानुनी प्रबन्ध गर्न सर्बोच्चले निर्देशनात्मक आदेश दिएको समाचारमा जनाइएको छ ।
आजको नयाँ पत्रिकाले भने विश्वविद्यालयमा रहेको भद्रगोलको विषयलाई फलोअप गरेको छ । उसले दलीय भर्तीकेन्द्र बने विश्वविद्यालय शीर्षकमा मुख्य समाचार छापेको छ । नयाँ पत्रिकाले कुन कुन दलको कोटाबाट को को नियुक्त भए भनेर लिष्ट नै प्रकाशित गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४