शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घूससहित पक्राउ परेका उपसचिव र साढे १६ लाख सापटी दिने एयरलाइन्सका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा

घूससहित पक्राउ परेका उपसचिव र साढे १६ लाख सापटी दिने एयरलाइन्सका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं– साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National life

मन्त्रालयको नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घूस लिएको अख्तियारले बताएको छ।

अख्तियारले उनलाई गत साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।

अख्तियारले उनले ६ लाख रुपैयाँ घूस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग सापटी लिएको बताएको छ। प्याराग्लाइडिङको इजाजतपत्र नवीकरणसम्बन्धी काम गरिदिएबापत बीबी एयरवेजका सीईओबाट सापटी लिनु भ्रष्टाचारजन्य काम नै भएको अख्तियारको दाबी छ।

अख्तियारले बीबी एयरवेजका सीईओ श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले काम गरिदिएबापत रकम सापटी दिनु भ्रष्टाचार मानिने अख्तियारको दाबी छ। 

प्रकाशित: Sep 18, 2022| 14:41 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।