शुक्रबार, जेठ १, २०८३

'धारामा पानी आउँदा खुसीको सीमा छैन'

विसं २०७४ मा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना करिब पाँच वर्षभित्र निर्माण पूरा भएको छ।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

जाजरकोट- पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका-१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ। नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर आउँदा उनमा खुसीको सीमा नै छैन।

National life

आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र संघर्षका दिन सम्झँदै उनी भन्छिन्, 'छोराछोरी साना हुँदा डोकाले तोरेर (बन्द गरेर) पिउने पानी ल्याउनका लागि आधा घण्टा टाढा जानुपथ्र्यो, आधा घण्टा बच्चा रोइकराइ निद्रामा परिसकेका हुन्थे, अहिले घरआँगनमै पानी आएको छ।' 

धनकलाजस्तै ५१ वर्षीय रमिता विकको पनि पानीकै लागि भोगेको पीडा कम छैन। उनी भन्छिन्, 'आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि मात्र पानी घरआँगनमै पाएका छौँ। अब पानीबाट हुने सबै काम गर्छौँ, पानी नहुँदा हाम्रो गाउँमा छोरीबुहारीलाई कति दुःख थिए।'

करिब १ सय ४० घरधुरीभन्दा बढी दलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा आधा घण्टाको दूरी पार गरी डोकामा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो। उकालोमा पानी ल्याउँदा हैरानी खेप्नुपरेको उनले पीडा सुनाइन्। अब त्यो दुःख पूर्णरूपमा हटेको छ। 

उनीहरूजस्तै नलगाड-१ र २ का छ सय ५० घरधुरीमा एकैपटक घर-घरमा खानेपानीको धारा पुगेको छ। कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र स्थानीयवासीको झण्डै साढे चार करोड श्रमदानबाट खानेपानी निर्माण भएको हो। 

विसं २०७४ मा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना करिब पाँच वर्षभित्र निर्माण पूरा भएको छ। चौध किलोमिटर दूरीबाट ल्याइएको पानीबाट आधा दर्जन गाउँमा चौबीसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टकबहादुर घर्तीले जानकारी दिए। उनका अनुसार पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराइएको छ। 

एक सय ५१ ठूला-साना ट्याङ्की निर्माण गरी घर-घरमा पानी ल्याइएको अध्यक्ष घर्तीले जानकारी दिए। दलित बस्ती, गढी, छेप्का, बैरीताल, चिसापानी, अनाहपानी, माफगाउँ र स्यालचौरलगायतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ।

कर्णाली प्रदेशका निर्वतमान जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले खानेपानी आयोजनाको शुभारम्भ गरे। खानेपानी धारामा समस्या तथा मर्मतदेखि अन्य काममा स्थानीयवासी आफैँ सक्रिया हुनुपर्नेसमेत उनले बताए। नलगाड नगर प्रमुख डम्बर रावतले खानेपानीको निरन्तर अनुगमन, निगरानी हुनुका साथै समस्या परेमा हल गर्न प्रतिबद्ध रहेको बताए।  -रासस

प्रकाशित: Sep 18, 2022| 14:28 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।