शुक्रबार, असोज ९, २०८३

खगेन्द्र लामिछानेको 'फुर्के' : पशु र मानिसको सम्बन्ध बुझाउने पुस्तक

‘फुलानी’ कथा संग्रह र ‘खगेन्द्र लामिछानेका नाटक’बाट मानिसको संवेदना केल्याउन खोजेका थिए भने फुर्केमार्फत कुकुरको संवेदना उजागर गर्न खोजेका छन्।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं- अभिनेता निर्देशक तथा लेखक खगेन्द्र लामिछानेको नविनतम कृति ‘फुर्के’को शनिबार राजधानीमा लोकार्पण भएको छ। 

अभिनय र निर्देशनमा बलियो छवी बनाएका लामिछानेले मानवीय संवेदनालाई चलचित्रमा मिहिन चित्रण गर्न सिपालु लामिछाने भुइँमान्छेको कथालाई आफ्नो लेखनको ड्राफ्ट बनाउन रुचाउँछन्। ‘फुलानी’ कथा संग्रह र ‘खगेन्द्र लामिछानेका नाटक’बाट मानिसको संवेदना केल्याउन खोजेका थिए भने फुर्केमार्फत कुकुरको संवेदना उजागर गर्न खोजेका छन्। 

पुस्तक फुर्के नामक कुकुरको आत्मकथा हो। ‘कुकुरको आँखाबाट समाज नियाल्ने र कुकुरको जीवनमा मान्छेको भूमिका बुझ्नका लागि पुस्तक उपयोगी हुनसक्छ’ समारोहमा लामिछानेले भने।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का, कवि विप्लव प्रतीक, गायक लोचन रिजालले पुस्तकको लोकार्पण क्रममै कवि प्रतीकले लेखकले कुकुरमार्फत समकालिन मानिस, वर्ग र समाजको कथालाई प्रस्तुत गरेको बताए। 

‘फुर्केलाई हामीलाई जनावरप्रति संवेदनशिल हुन सिकाउँछ’ उनले भने, ‘मानिसको कथा भएजस्तै प्राणीको पनि कहानी हुन्छ’, 

कप्तान खड्काले पुस्तकले पाठकलाई कुकुरप्रति स्नेही बन्न सिकाउने बताए। ‘कुकुर भनेको कुकुर मात्र होइन। यसबाट पाउने स्नेह, ममता अरुबाट पाउन सकिँदैन’ उनले भने, ‘कुकुरप्रति हाम्रो समाज सचेत छ जस्तो मलाई लाग्दैन।’

गायक रिजालले सो अवसरमा सांगीतिक प्रस्तुति पनि दिएका थिए। कुकुरबाट मानिसले करुणा र मित्रताको भाव सिक्न सक्ने उनले बताए। पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो।

फुलानी कथा संग्रह लेखिसकेका खगेन्द्र अभिनित फिल्म ‘पानीफोटो’ हालै प्रदर्शनमा आएको थियो। समीक्षकले रूचाएको यो फिल्मको प्रचारप्रसारकै क्रममा उनले यो उपन्यास ल्याउने घोषणा गरेका थिए।

प्रकाशित: Sep 18, 2022| 14:04 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।