शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीश अनुपस्थित भएपछि पल शाह मुद्दाको पेसी स्थगित

न्यायाधीश अनुपस्थित भएपछि पल शाह मुद्दाको पेसी स्थगित

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका कलाकार पल (पूर्णविक्रम) शाहको पेसी दोस्रोपटक स्थगित भएको छ। जिल्ला अदालत तनहुँमा आइतबारका लागि पेसी तोकिएकोमा न्यायाधीश अनुपस्थित भएपछि पेसी स्थगित भएको हो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

काठमाडौं– नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका कलाकार पल (पूर्णविक्रम) शाहको पेसी दोस्रोपटक स्थगित भएको छ। जिल्ला अदालत तनहुँमा आइतबारका लागि पेसी तोकिएकोमा न्यायाधीश अनुपस्थित भएपछि पेसी स्थगित भएको हो।

National life

आइतबार बिहान गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो। तर पहिलो नम्बरका न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको हो। अर्को पेसीको मिति आजै बेलुकासम्म आउने बताइएको छ।

गत भदौ १५ गतेका लागि तोकिएको पेसी पनि स्थगित भएको थियो। गोलाप्रथा गर्दा न्यायाधीश दलबहादुर केसीको नाम परेको र केसी बिदामा रहेकाले स्थगित गरी आजका लागि पेसी दिइएको थियो।

तनहुँ जिल्ला अदालतमा दुई जनामात्रै न्यायाधीश छन्। दुवैको नाम लेखेर गोलाप्रथा गर्दा बिदामा बसेका न्यायाधीशको नाम आए सुनुवाइ स्थगित गरिन्छ।

एकै प्रकृतिको मुद्दामा गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको हो। उनी अहिले जिल्ला कारागार तनहुँमा छन्।

प्रकाशित: Sep 18, 2022| 13:55 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।