सुर्खेत– सल्यानमा आइतबार साँझ करिव ५ बजेतिर पहिरो गएको छ । बागचौर नगरपालिका वडा नं. १२ ओख्रेनी मुलखोलामा गएको पहिरोले एक घर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी विरेन्द्र शाहले दिएको जानकारी अनुसार घरमा बसीरहेको तीन जना बालबालिका समेत पहिरोमा परेका छन् । शाहका अनुसार पहिरोले बालाराम डाँगीको घरसँगै उनका २ छोरी र एक छोरालाई बगाएको हो ।
रात परिसकेको र पानी नरोकिएका कारण उद्धारमा कठिनाई भएकोे प्रहरीले जानकारी दिएको छ । उद्धारका लागि प्रहरी चौक घटनास्थलतर्फ लागेको र टेलिफोनले काम नगरेको कारण घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको डिएसपी शाले बताए ।
गएको १२ गते मात्रै बागचौर नगरपालिका ४ मा घरको दलिन भाँचिदा एक घरमा पाँच जनाको मृत्यु भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४