शुक्रबार, जेठ १, २०८३

बालबालिका हराउँछन्, भेटिँदैनन्

दाङमा गएको आर्थिक वर्ष २०७८-७९ मा ८३ बालक हराए। ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन्।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

दाङ- दाङमा गएको आर्थिक वर्ष २०७८-७९ मा ८३ बालक हराए। ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन्। त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे। तीमध्ये १६ बालिका अझै फेला पर्न सकेका छैनन्। 

National life

त्यस्तै चालु आवको साउन र भदौको तेस्रो हप्तामा २० बालक हराए। ती मध्ये १५  फेला परे भने पाँच अझै पनि फेला पर्न सकेका छैनन्।  त्यस्तै २५ बालिका हराएकामा १७ फेला परेका छन् भने आठ जना अझै फेला पर्न सकेका छैनन्।

जिल्लामा  गिरोह सक्रिय भएर बालबालिका ओसारपसार गर्ने गरेको घटना भने नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए। कोही घरबाट भारत जाने भनेर उतै हराउने, कोही आफन्तका घरमा जाने भनेर सम्पर्कमा नआउने जस्ता कारणले बालबालिका हराउने गरेको उनको भनाइ थियो। एक ठाउँको हुलिया दिएर अर्कोतिर बस्ने कारणले पनि भेट्टाउन समस्या सहने गरेको उनले बताए। 

त्यस्तै बालिकामा पनि बिहे गरेर जाने र परिवारको सम्पर्कमा नआउने जस्ता कारणले पनि हराएको भनी उजुरी पर्ने गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए। हराएका मान्छे भेटिए पनि आफन्तले खबर नगर्दा पनि हराएकाहरू नभेटिएको तथ्याङ्कमा नआउने गरेको उनको भनाइ छ।

जिल्लामा गत आवमा तीन सय ५३ महिला हराएका छन् भने तीन सय छ जना फेला परेका छन्। ४७ महिला अझै फेला पर्न सकेका छैनन्। त्यस्तै चालु आवको साउन र भदौमा ६० महिला हराएकामा ३५ जना भेटिएका छन् भने २५ जना अझै फेला पर्न सकेका छैनन्।

प्रकाशित: Sep 18, 2022| 13:09 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।