जनकपुरधाम-प्रदेश सरकारले दिएको विदानमानेपछि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव धर्नामा बसेका छन् । प्रदेश सरकारले दिएको कृष्णजन्माष्टमीको बिदादिन नमानेपछि मन्त्री यादवले जनकपुरस्थित राष्ट्र बैंक कार्यालयको अगाडी धर्नामा बसेकाहुन् ।
कानुनमन्त्री यादवले यसअघि रक्षाबन्धनको बिदा अवज्ञा गरेका भन्दै राष्ट्र बैंकमा तालाबन्दी गरेका थिए । प्रदेश सरकारले कष्णजन्माष्टमीको बिदा अवज्ञा गरेको भन्दै कानुनमन्त्री यादव आइतबार राष्ट्र बैंकको गेटमा धर्नामा बसेका थिए ।
यसैगरी प्रदेश सरकारले दिएको विदाको अवज्ञा गरेको भन्दै कार्यालय बन्द गराउन हिँडेका एक दर्जन विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।
प्रदेश सरकारले दिएको विदा संघीय सरकार मातहतका कार्यालयहरुले यसअघि पनि अवज्ञा गर्दै आइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४