शनिबार, चैत ११, २०७९

नयाँ स्टक एक्सचेन्ज हत्याउने लबिङमा छन् यी व्यापारी

बोर्ड अध्यक्ष रमेश हमाल निकट व्यापारिक घरानालाई लाइसेन्स दिने तयारी गरिएको उच्च स्रोतको दाबी छ।
 |  आइतबार, असोज २, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, असोज २, २०७९

काठमाडौं- पुँजीबजारमा प्रतिस्पर्धी नभएकोले लगानीकर्तालाई सेवासुविधा नदिएको भन्दै नयाँ स्टक एक्सचेन्ज खोल्नका लागि नेपाल धितोपत्र बोर्डले कानुनी आधार तयार पारेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रतिस्पर्धी ल्याउन धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ जारी गरिसकिएको छ। बोर्डले अब तत्कालै पत्रकार सम्मेलन आयोजना गरी नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खुलाएको घोषणा गर्ने तयारी गरिरहेको छ। आवेदन माग गरिएको ४५ दिनभित्र ईच्छुकले आवेदन दिन सक्ने व्यवस्था छ। 

National life insurance

नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको तीन दिनभित्र मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको छ। नियमावली संशोधनका लागि साधारणतया कम्तीमा १ महिना लाग्ने भएनपि फास्ट ट्र्याकमा यसलाई टुंग्याइएकाले यसमा शक्तिकेन्द्रको पनि स्वार्थ रहेको भन्ने विषयलाई बल पुर्‍याएको छ। 

नियमावली संशोधनका लागि अध्ययन गरी परिमार्जन गर्नुपर्ने बुँदा अर्थ मन्त्रालयमा पठाउनुपर्छ। अर्थले कानुन मन्त्रालयको राय समावेश गरी मन्त्रिपरिषद्को बैठकमा पुग्नुपर्ने साधारण प्रक्रिया हो। तर यो नियमावलीको संशोधनको हकमा भने सञ्चालक समितिले पास गरेको तीन दिनभित्र नै मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नु आश्चर्य भएको बोर्डकै कर्मचारी बताउँछन्।

नियमावली संशोधनका लागि साधारणतया कम्तीमा १ महिना लाग्ने भएनपि फास्ट ट्र्याकमा यसलाई टुंग्याइएकाले यसमा शक्तिकेन्द्रको पनि स्वार्थ रहेको भन्ने विषयलाई बल पुर्‍याएको छ। 

लगानीकर्तालाई दिइने सुविधा प्रतिस्पर्धी बनाउन र पुँजीबजारका अन्य उपकरणको पनि विविधीकरण र विस्तार गर्न नयाँ एक्सचेन्ज ल्याउने दाबी बोर्डले गर्दै आएपनि बोर्ड अध्यक्ष रमेश हमाल निकट व्यापारिक घरानाको स्वार्थअनुसार लाइसेन्स दिने तयारी गरिएको उच्च स्रोतको दाबी छ। 

स्रोतका अनुसार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिनका लागि व्यापारी साहिल अग्रवाल अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवासम्म लबिङ गरिरहेका छन्। उनी नेपालको ठूलो व्यापारिक घरानामध्ये शंकर ग्रुपका म्यानेजिङ डाइरेक्टर हुन्। उनले नै शंकर ग्रुपको नेतृत्व गरेका छन्। नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हात पार्न प्रयासरत अर्का व्यक्ति हुन् गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा र खेतान समूहका राजेन्द्र खेतान नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लिन लागिपरेका छन्। 

worldlink

केही समयअघि भारतमा दुई वटा स्टक एक्सचेन्ज हुँदा कसरी काम गरिन्छ भनेर नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल व्यवसायी दीपक भट्टलाई लिएर अध्ययनका लागि गएका थिए। त्यसबेला भारतमा भएको सम्पूर्ण खर्च शंकर ग्रुपका साहिल अग्रवालले व्यहोरेको जानकारी पाइएको छ। यसअघि हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स लिन पनि शंकर ग्रुप र गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाले संयुक्त रुपमा लबिङ गरेका थिए। पछिल्लो समयमा नेपाल स्टक एक्सचेन्जका लागि भने खेतान समूह पनि लाइसेन्स हात पार्न कस्सिएको छ। 

बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि आवेदन खोल्ने पूर्वसन्ध्यामा व्यवसायी चन्द्र ढकाल अर्थमन्त्रीसँग निरन्तर संवादमा छन्। उनले कोरियाको रेमिट्यान्स भित्र्याउनका लागि ग्लोबल आइएमई बैंकको शाखा खोल्ने बहाना बनाएर अर्थमन्त्रीलाई कोरिया भ्रमण गराएका छन्। यही मौकामा अर्थमन्त्री शर्मालाई प्रभावित बनाएर खोल्न लागिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हत्याउने दाउमा उनी रहेको स्रोतको दाबी छ। 

प्रकाशित: Sep 18, 2022| 10:27. 34 आइतबार, असोज २, २०७९

थप समाचार

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।

१२औं जनगणना प्रतिवेदन सार्वजनिक, नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुग्यो 

अन्तिम जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला १ करोड ४९ लाख ११ हजार २७ रहेका छन्।

६ महिनामा विदेश रोजगारीमा गएका ६१२ ले गुमाए ज्यान

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म वैदेशिक रोजगारमा गएका ६१२ जनाले ज्यान गुमाएको तथ्यांक बोर्डले सार्वजनिक गरेको हो।