काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ। गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा रु छ हजार ९००ले गिरावट आएको छ। आज एक तोला सुनको मोल रु दुई लाख ४२ हजार ८०० निर्धारण भएको छ। शुक्रबार एक तोला सुन रु दुई लाख ४९ हजार ७०० मा किनबेच भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि रु १५० ले घटेको छ। आज चाँदी प्रतितोला रु तीन हजार १३५ मा कारोबार भइरहेको छ। गत शुक्रबार त्यति नै परिमाणको चाँदी रु तीन हजार २८५ मा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।