बुधबार, फागुन २०, २०८२

जापानमा ‘खतरनाक’ आँधी आउने चेतावनी

‘नानमाडोल’ नाम दिइएको आँधीले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ आँधीको रूपमा वर्गीकृत गरिएको छ।दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो।
 |  आइतबार, असोज २, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २, २०७९

टोकियो- जापानको मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ आँधी आउने जोखिम रहेको बताएको छ। आँधीबाट अकल्पनीय क्षति हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई आँधीपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ। 

‘नानमाडोल’ नाम दिइएको आँधीले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ आँधीको रूपमा वर्गीकृत गरिएको छ।दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो।

यो आँधी आइतबार क्युशुको दक्षिणी कागोशिमा प्रान्तमा प्रवेश गर्ने र त्यसको अर्को दिन उत्तरतर्फ सर्ने र त्यसपछि जापानको मुख्य टापुतर्फ अघि बढ्ने अनुमान गरिएको छ।

'भयानक प्रकृतिको आँधीबेहरी, उच्च छाल, र व्यापक रेकर्ड वर्षाको जोखिम देखिएको छ,' जापानको मौसम विज्ञान निकायको पूर्वानुमान एकाइका प्रमुख र्युता कुरोराले सञ्चारकर्मीसँग भने।

उनले थपे, 'अधिकतम सावधानी आवश्यक छ। जोखिमको प्रभावित क्षेत्रका बासिन्दाहरूलाई चाँडो भन्दा चाँडो खाली गर्न आवश्यक देखिन्छ। यो निकै खतरनाक आँधी हो।'

kumari

कुरोराका अनुसार कागोशिमा क्षेत्रका लागि शनिबार पछि पनि उच्च चेतावनी अपनाउन आवश्यक छ। जेएमएले केही दशकमा एकपटक देखिएको अवस्थाको पूर्वानुमान गरेपछि मात्र ‘विशेष चेतावनी’ चेतावनी जारी गर्छ। 

सन् २०१३ मा वर्तमान प्रणाली सुरु भएयता ओकिनावा क्षेत्रबाहिर जारी गरिएको यो पहिलो आँधीसँग सम्बन्धित विशेष चेतावनी हो। कुरोराले पत्रकारसँग भने, 'हावाहुरी यति भीषण हुनेछ कि केही घरहरु ढल्न सक्छन्। बाढी र पहिरोको जोखिम पनि उत्तिकै छ।'

जापानमा अहिले आँधीबेहरीको मौसम छ र एक वर्षमा लगभग २० आँधीबेहरीको सामना गर्नुपरिरहेको छ। आँधीका कारण भारी वर्षा हुने र पहिरो वा आकस्मिक बाढी आउने खतरा भएको बताएपछि प्रभावित क्षेत्रका मानिसहरू भयभित बनेका छन्।

सन् २०१९ मा जापानमा रग्बी विश्वकप आयोजना गर्ने क्रममा ह्यागिबिस नामक आँधीका कारण १०० भन्दा बढीको ज्यान गएको थियो।  एक वर्षअघि जेबी आँधीले ओसाकाको कान्साई विमानस्थल क्षेत्रमा असर पारेको थियो। यसमा करिब १४ जनाको मृत्यु भएको थियो।

सन् २०१८ मा पश्चिमी जापानमा वर्षेनी आएको बाढी र पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको थियो। जापान एयरलाइन्स र अल निप्पोन एयरवेजको वेबसाइटका अनुसार नानमाडोल आँधी आउनुअघि नै उडान रद्द हुँदा कागोशिमा, मियाजाकी र कुमामोतोलगायत क्षेत्रीय विमानस्थलको गतिविधि प्रभावित हुन थालेको छ। 

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण जापानमा आँधीबेहरीको गम्भीरता बढिरहेको छ र अत्यधिक गर्मीको लहर, खडेरी र बाढीजस्ता चरम मौसमहरू बारम्बार र तीव्र हुँदै गएका छन्।

प्रकाशित: Sep 18, 2022| 00:10 आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।