बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलायती महारानीको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपति सहभागी हुने

बेलायती महारानीको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपति सहभागी हुने

चिनियाँ राष्ट्रपति सी चिनपिङको विषेश प्रतिनिधिका रुपमा उपराष्ट्रपति वाङ क्विशान अन्त्येष्टिका लागि बेलायत जाने भएका हुन्।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

लन्डन- बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा चीनको तर्फबाट उपराष्ट्रपतिले सहभागिता जनाउने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनपिङको विषेश प्रतिनिधिका रुपमा उपराष्ट्रपति वाङ क्विशान अन्त्येष्टिका लागि बेलायत जाने भएका हुन्। 

बेलायत सरकारको महारानीको अन्त्येष्टि समारोहमा आतिथ्यता ग्रहण गर्न आग्रह गर्दै राष्ट्रपति सीलाई निमन्त्रणा गरेको थियो। उनको अन्त्येष्टि यही सेप्टेम्बर १९ मा लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी बेलायती सरकारले गरेको छ। 

अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायतले अधिकांश देशका राष्ट्र तथा सरकार प्रमुखहरुलाई निमन्त्रणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुन बेलायत प्रस्थान गर्दे छन्। 

विभिन्न देशबाट आएका पाहुनाहरु बेलायतका नयाँ राजा चाल्र्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन्। 

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो। बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ बर्षको उमेरमा निधन भएको हो। उनको निधनमा बेलायतसहित धेरै देशका राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो। 

kumari

औपचारिक रूपमा शोक प्रकट गर्न अहिले बेलायतका सरकारी र राजपरिवारसँग सम्बद्ध कार्यालयहरुमा झण्डा आधा झुकाइएको छ। तर, राजा रहेको ठाउँमा भने झण्डा नझुकाइने अभ्यास रहेको छ। एउटा राजा वा रानीको निधन भए पनि अर्को राजाले तत्कालै जिम्मेवारी लिने भएकाले राजा रहेको ठाउँमा झण्डा नझुकाइने भएको हो। 

अन्य ठाउँमा झुकाइएका झण्डा भने महारानीको राजकीय अन्तिम संस्कार सकिएको भोलिपल्ट बिहान ८ बजेसम्म नै आधा झुकाइने भएको छ। 

प्रकाशित: Sep 17, 2022| 23:50 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।