बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लेबनानबाट प्रत्येक महिना १५ हजार सिरियालीलाई स्वदेश फर्काइने

लेबनानबाट प्रत्येक महिना १५ हजार सिरियालीलाई स्वदेश फर्काइने

लेबनानले शनिबारदेखि मासिक १५ हजार सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमि फर्काउने योजना कार्यान्वयन गर्न थालेको एलनाशरा अनलाइनले जनाएको छ।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

लेबनान- लेबनानले मासिक १५ हजार सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने योजना सुरु गरेको छ।

लेबनानले शनिबारदेखि मासिक १५ हजार सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमि फर्काउने योजना कार्यान्वयन गर्न थालेको एलनाशरा अनलाइनले जनाएको छ।

घर फर्कन चाहने सिरियाली शरणार्थीलाई सिरियाली सरकारले पठाएको बसमार्फत ढुवानी गरिने एल्नाशराले बताएको छ।

यो प्रक्रिया लेबनानी सामान्य सुरक्षा निर्देशनालय र लेबनानी रेड क्रसको सहकार्यमा गरिनेछ। उनीहरूलाई संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको निगरानीमा लेबनान र सिरियाबीचको मस्नाआ क्षेत्रमा लगिनेछ।

एल्नाशराका अनुसार शरणार्थीसहितको पहिलो टोली १० दिनभित्र प्रस्थान गर्ने योजना छ। 'यदि कुनै अवरोध उत्पन्न भएन भने लनिर्देशनालयले करिब एक वर्षभित्र दुई लाख सिरियालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन सक्छ,' विज्ञप्तिमा भनिएको छ।

kumari

जुलाई ४ मा लेबनानका शरणार्थी मामिला मन्त्री इसाम चाराफेद्दीनले लेबनान सरकारले मासिक रूपमा १५ हजार विस्थापित सिरियालीहरूलाई उनीहरूको मातृभूमिमा फर्काउने बताए।

लेबनानी अधिकारीहरूले लेबनानले यस विषयमा अन्तर्राष्ट्रिय स्थितिको परवाह नगरी आफ्नो योजना कार्यान्वयन गर्ने बताएका छन्। शरणार्थीहरूको उल्लेखनीय सङ्ख्याको उपस्थितिले देशको अर्थव्यवस्थामा ठूलो असर पारेको छ र यो समस्यालाई थप जटिल हुन नदिन विस्थापित सिरियालीलाई स्वदेश फिर्ता गर्नु बिलम्ब गर्न नहुने उनले बताए। 

जनसङ्ख्याको हिसाबले हेर्दा विश्वको सबैभन्दा धेरै शरणार्थीहरूलाई लेबनानको आश्रय दिएको छ। त्यहाँ १५ लाख सिरियाली शरणार्थीहरू रहेको सरकारको अनुमान छ।

प्रकाशित: Sep 17, 2022| 22:50 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।