कोपनहेगन- सवारी दुर्घटनामा परी दक्षिण अफ्रिकामा कम्तीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये १९ जना विद्यार्थी रहेका छन्। देशको उत्तरी क्षेत्रमा पर्ने क्वाजुलु नातालमा दुर्घटना भएको हो।
आपतकालीन स्वास्थ्य सेवा कार्यालयले शनिबार दिएको जानकारी अनुसार दुर्घटना एउटा ट्रकले अर्को ट्रकलाई उछिनेर जान खोज्दा भएको हो।
दुर्घटनामा परेका बालबालिका १२ बर्षभन्दा कम उमेरका छन्। उनीहरू विद्यालयबाट घर फर्किदै थिए।
घटनास्थलमा पुगेको प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको र दोषीलाई कारबाही गरिने जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चालकहरूले लापरवाहीका कारण दुर्घटना भएको देखिएको छ।
दक्षिण अफ्रिकामा चालकको लापर्वाहीका कारण अधिकांश दुर्घटना भई धेरैको मृत्यु हुने गरेको अधिकारीहरुले जनाएका छन्।
प्रधानमन्त्रीको कार्यालयले शोक वक्तव्य प्रकाशित गर्दै दुर्घटनामा मृत्यु भएकाहरूको आत्माको चिर शान्तिको कामना गर्दै उनीहरूको परिवारप्रति समवेदना व्यक्त गरेको छ।