शुक्रबार, साउन १, २०८३

ग्लोबल आइएमई र विजयपुर अस्पतालबीच सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ग्लोबल आइएमई बैंक लि. र विजयपुर अस्पताल धरानबीच सेवा आदानप्रदानका विषयमा सम्झौता भएको छ । आइतबार एक कार्यक्रमकाबीच दुई संस्थाबीचको सम्झौता आदानप्रदान भएको हो । 

सम्झौतामा अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी विषय उल्लेख गरिएको छ । 

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडा र ग्लोबल आइएमई बैंक धरानको शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गरेका छन् । 

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

सम्झौता पश्चात विजयपुर अस्पताल, धरानमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्