शनिबार, फागुन ३०, २०८२

डिजिटल हाजिरीप्रति प्राध्यापकको आपत्ति, फिर्ता नभए आन्दोलनको चेतावनी

‘रजिस्ट्रारमा हाजिर हुँदा संघसंगठनका अधिकांशले नपढाउने र पछि एकमुष्ठ हाजिर मिलाउने गर्थे। डिजिटल हाजिरी प्रणालीमा त्यो सम्भव हुँदैन। त्यसैले विरोध गरेका हुन्,’ त्रिवि कार्यकारीका एक सदस्यले भने। प्राध्यापकको विरोध र चेतावनीको अर्थ नरहेको ती सदस्य बताउँछन्।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले डिजिटल हाजिरी लागू गर्ने भनी गरेको निर्णयप्रति त्रिवि प्राद्यापक संघले विरोध गरेको छ। गत भदौ ७ गते कार्यकारी परिषद्ले प्राध्यापकले डिजिटल हाजिरी गर्नुपर्ने निर्णय गरी परिपत्र गरेपछि प्राध्यापकले आपत्ति जनाएका हुन्। 

National life

डिजिटल हाजिरी प्राध्यापकीय पेसाको मर्यादाविपरीत रहेको प्राध्यापक संघको दाबी छ। संघले विज्ञप्ति जारी गर्दै डिजिटल हाजिरीलाई अव्यवहारिक भएको आरोप लगाएको छ। उक्त निर्णय समयमै फिर्ता नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी संघले दिएको छ। 

‘डिजिटल हाजिरी सम्बन्धी परिपत्रप्रति त्रिवि प्राध्यापक संघ, केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ। त्रिविको व्यवस्था र अवस्थाअनुसार प्राध्यापकीय पेसासंँग मेल नखाने र अन्तर्राष्ट्रिय प्राध्यापकीय पेसागत मर्यादा, हित र भावना विपरीत हुनुको साथै त्रिविको अक्षुण्ण स्वायत्ततामा ठाडै आँच आउने किसिमको अपरिपक्व निर्णय भएको संघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ। 

यसअघि त्रिवि केन्द्रीय कार्यालय, शिक्षण अस्पताललगायतका कार्यालयमा डिजिटल हाजिरीको व्यवस्था थियो। तीबाहेकका कार्यालयमा पनि डिजिटल हाजिरी गराउने प्रणाली ल्याउन लागेपछि प्राध्यापक विरोधमा उत्रिएका हुन्। 

‘रजिस्ट्रारमा हाजिर हुँदा संघसंगठनका अधिकांशले नपढाउने र पछि एकमुष्ठ हाजिर मिलाउने गर्थे। डिजिटल हाजिरी प्रणालीमा त्यो सम्भव हुँदैन। त्यसैले विरोध गरेका हुन्,’ त्रिवि कार्यकारी परिषद्का एक सदस्यले भने। प्राध्यापकको विरोध र चेतावनीको अर्थ नरहेको ती सदस्य बताउँछन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 16, 2022| 21:25 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्