शुक्रबार, साउन १, २०८३

सिभिल बैंकले दियो बीमा रकमको भुक्त्तानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सिभिल बैंक लिमिटेडका अधिकांश निक्षेप सुविधाहरुमा उपलब्ध गराउँदै आएको निःशुल्क दूर्घटना/मृत्यू बीमा कार्यक्रम अन्तर्गत बुटवल निवासी निक्षेपकर्ता वंसराज थारूको दूर्घटनामा परी मृत्यू भए पश्चात बीमाको रकम मृतककी श्रीमती शान्ती देवी थारूको नाममा बैंकले उपलब्ध गराएको छ । 

नारायणघाटमा आयोजित एक कार्यक्रमकाबीच बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले एक लाख ७४ हजार दुई सय ४० रुपैयाँको चेक मृतककी छोरी निर्मला थारुलाई हस्तानान्तण गरे । 

निक्षेपकर्ताहरुले सिभिल बैंकमा निक्षेप गर्दा ब्याजको अतिरिक्त प्राप्त हुने निःशुल्क दूर्घटना/मृत्यू बीमाबापत प्राप्त हुने बीमाको रकमले मृतकको आश्रित परिवारलाई थोरै नै भए पनि राहत पुर्‍याउने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले जानकारी दिए ।

बैंकले यस अघि पनि २०७२ को महाभूकम्पलगायत अन्य दूर्घटनाहरुमा परी ज्यान गुमाएकाहरु तथा अपाङ्गता भएकाहरुको निक्षेप रकमको चार गुणा वा अधिकत्तम पाँच लाखसम्मको बीमाको रकम उपलब्ध गराएको कुरा पनि बैंकले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्