शनिबार, फागुन ३०, २०८२

डा केसीका मागप्रति गहन छलफल भइरहेको छ, हामी गम्भीर छौँ : राज्यमन्त्री केसी

‘उहाँ(डा.केसी)ले उठाएका विषयलाई समाधान गर्न अन्तर मन्त्रालय छलफल गरिरहेका छौं,’ राज्यमन्त्री केसीले भने।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता डा गोविन्द केसीको मागप्रति सरकार गम्भीर रहेको बताएका छन्। केसीले उठाएका मागहरुका विषयमा गहन छलफल भइरहेको बताएका हुन्।

National life

‘उहाँ(डा.केसी)ले उठाएका विषयलाई समाधान गर्न अन्तर मन्त्रालय छलफल गरिरहेका छौं,’ राज्यमन्त्री केसीले भने।

डा केसी धनगढीमा अनसनरत छन्। आज उनको अनशनको पाचौँ दिन हो। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ। 

डा केसीलाई टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, मांसपेशी दुख्ने, बाउडीने र मुटुको धडकनमा गडबढी हुने समस्या देखा परेको जनाएको छ। अस्पतालका अनुसार डाक्टर केसीको रक्तचाप घटेर ९० र ६० हाराहारीमा पुगेको, श्वासप्रश्वास दर बढ्दै गएको र शरीरको तौल घट्दै गएको छ।

प्रयोगशाला रिपोर्टमा सुगरको मात्रा ४१ पुगेको क्याल्सियम, फस्पोरस र म्याग्नेसियम कम र पिसाबमा किटोनबडी बढ्दै गएको देखिएको अस्पतालले जनाएको छ। डाक्टर केसीलाई शुद्ध पानी, नर्मल स्लाइन र रिङ्गर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सक टोलीबाट नियमित स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ।

Laxmi sunrise bank
kumari

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्नुपर्ने, दाङ, मधेश र गण्डकीमा सरकारी मेडिकल कलेज बनाउनुपर्ने उनको माग छ। यस्तै इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माण गर्न सरकारले सम्झौता गरेपनि काम अघि नबढाइएको भन्दै उनले यी माग तत्काल पूरा गर्न माग गरेका छन्। 

क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल बढाउनुपर्ने, जनसंख्या वृद्धिअनुसार सरकारी स्वास्थ्य संस्थाको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि गर्नुपर्ने पनि उनको माग छ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २०औं सत्याग्रहमा बसेका डाक्टर केसीसँग वार्ता गर्न सरकारले औपचारिक प्रक्रिया थालेको छैन।

प्रकाशित: Sep 16, 2022| 15:57 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्