शनिबार, वैशाख २२, २०८१

कम हुने लक्षण देखिएन बिमा सरेन्डर दर

‘फाइनान्सियल अन्डरराइटिङ’ अर्थात् बिमा गर्ने व्यक्तिको आर्थिक अवस्थाको बारेमा पूर्ण जानकारी नलिई गरिने बिमाको कारण बिमा सरेन्डर बढ्नु पुरानै समस्या भएको जानकारहरु बताउँछन्।
 |  शुक्रबार, भदौ ३१, २०७९

भीमा पन्थी

भीमा पन्थी

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो महिना साउनमा साढे १ अर्ब बिमा पोलिसी सरेन्डर (त्याग, समर्पण) भएका छन्। बिमा समितिका अनुसार साउन महिनामा जीवन बिमा कम्पनीहरूमा १ अर्ब ५१ करोड २७ लाख रूपैयाँ बराबरका ८ हजार ४२२ पोलिसी सरेन्डर भएका हुन्। 

triton college

‘फाइनान्सियल अन्डरराइटिङ’ अर्थात् बिमा गर्ने व्यक्तिको आर्थिक अवस्थाको बारेमा पूर्ण जानकारी नलिई गरिने बिमाको कारण बिमा सरेन्डर बढ्नु पुरानै समस्या भएको जानकारहरु बताउँछन्। यद्यपि, पछिल्लो समय बढ्दो महँगी र मुलुकमा देखा परेको ओरालो आर्थिक अवस्थाका लक्षणको प्रभावले पनि सरेन्डर बढेको उनीहरुको भनाइ छ

बिमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईंले बिमा सरेन्डरको मुख्य कारण फाइनान्सियल अन्डरराइटिङ नै भएको बताउँछन्। साथै, पछिल्ला दिनहरुमा देखिएको बढ्दो बजार मूल्य र सोही अनुसार आम्दानी अनुपात नबढ्नुले पोलिसी सरेन्डर बढेको उनको भनाइ छ।

‘अन्डरराइटिङको समस्या विगतदेखि कै रोग हो। अहिले दिन प्रतिदिन महँगी बढ्दै छ। जुन अनुपातमा नागरिकको आम्दानी छैन। यसले पनि सरेन्डर गर्नुपर्ने बाध्यता आएको हो,’ उनले भने।

‘फाइनान्सियल अन्डरराइटिङ’ अर्थात् बिमा गर्ने व्यक्तिको आर्थिक अवस्थाको बारेमा पूर्ण जानकारी नलिई गरिने बिमाको कारण बिमा सरेन्डर बढ्नु पुरानै समस्या भएको जानकारहरु बताउँछन्। 

कोभिडको महामारीपछि धेरैको रोजगार खोसिनु, व्यवसायीको व्यवसाय पनि अझै लयमा आउन नसक्दा पोलिसी सरेन्डर गरेरै भए पनि समस्या टारौँ भन्ने मनस्थितिमा नागरिक पुगेको हुन सक्ने उनको बुझाइ छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनीक गरेको मुलुकको वर्तमान वित्तीय अवस्थाको विवरण अनुसार गत वर्षको तुलनामा मूल्य वृद्धि दोब्बरको हाराहारी छ। 

corrent noodles
Metro Mart

गत साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि ४.३५ प्रतिशत थियो। अहिलेको साउन महिनाको अन्त्यमा यस्तो वृद्धि ८.२६ प्रतिशत रहेको छ। जुन ८९.८९ प्रतिशतले बढी हो। 

मूल्यवृद्धिकै कारण सरेन्डर बढेको मान्न नसकिए  पनि प्रभावित भएको मान्न सकिने समितिका पूर्व अध्यक्ष फत्तबहादुर केसी बताउँछन्। ‘बजारमा वस्तु तथा सेवाको मूल्य बढेकै कारण सरेन्डर बढ्यो भन्नु गलत हो,’ उनले भने, ‘तर, बचतमा कमी आउनुमा मूल्य वृद्धि हाबी हुनु नै हो। फेरि बिमा भनेको बचतबाट गर्ने हो। कसैले पनि वर्तमानका आधारभूत आवश्यकतालाई पूरा नगरी भविष्यको कल्पना गर्दैन।’ 

जता पनि नेपाल लाइफकै अग्रता
कुनै समय ‘नम्बर वान’को स्वघोषणा गरेको नेपाल लाइफ इन्स्योरेन्स प्रायः सूचकमा अगाडि नै हुन्छ सकरात्मक वा नकरात्मक। आम्दानी खर्चदेखि दाबी भुक्तानी र दाबी भुक्तानी गर्न बाँकी रकम बढी रहने पनि नेपाल लाइफ नै हो। त्यसैगरी पोलिसी सरेन्डरमा पनि कम्पनीको अग्रता कायमै छ। कुल सरेन्डर पोलिसीमध्ये नेपाल लाइफको मात्रै ४४.०३ प्रतिशत हिस्सा रहेको छ। साउन महिनामा नेपाल लाइफका ६४ करोड रूपैयाँका ३ हजार ६२४ वटा बिमालेख सरेन्डर भएका छन्। यो कुल समर्पण मूल्यको ४२.३१ प्रतिशत हो।

दोस्रोमा एलआईसी छ। साउन महिनामा लाइफ इन्स्यारेन्स कर्पोरेसन एलआईसी नेपालका ३३ करोड ४५ लाख रूपैयाँका १ हजार ६६६ वटा बिमालेख सरेन्डर भएका छन्। जुन कुल समर्पण संख्याको १९.७८ प्रतिशत र समर्पण मूल्यको २२.१२ प्रतिशत हो ।

तेस्रोमा राष्ट्रिय बिमा संस्थान रहेको छ। सरकारी स्वामित्वको यो कम्पनीका ५ करोड ८९ लाख ९७ हजार रूपैयाँ बराबरका ६०८ वटा बिमालेख सरेन्डर भएका छन् ।

सबैभन्दा कम बिमालेख सरेन्डर हुनेमा सन नेपाल छ। सन नेपाल लाइफका बिमालेख अन्य कम्पनीको तुलनामा सबै भन्दा कम सरेन्डर गरिएका छन्। समक्षा अवधिमा यस कम्पनीका १० लाख रूपैयाँका १३ वटा पोलिसी सरेन्डर भएका हुन् । यो कुल सरेन्डर पोलिसीको ०.१५ प्रतिशत मात्रै हो भने कुल सरेन्डर रकमको ०.०७ प्रतिशत मात्रै हो।

त्यस्तै नेशनल लाइफबाट ६१६ वटा, एशियन लाइफका ७३७ वटा र मेट लाइफका ३५५ वटा बिमालेख सरेन्डर भएका छन्। प्राइम लाइफका ४२ वटा, सूर्या लाइफका १०९ वटा, आइएमई लाइफका, ३१ वटा यूनियन लाइफका ३६ वटा पोलिसी सरेन्डर भएका छन्। 

ज्योति लाइफका ३२ वटा, रिलायन्स लाइफका ७२, रिलायबल नेपालका १४५, सिटिजन लाइफका ४८, सानिमा लाइफका ३२ वटा, प्रभु लाइफका ३४ वटा र महालक्ष्मी लाइफका १७ वटा बिमालेख सरेन्डर भएका छन्।

प्रकाशित: Sep 16, 2022| 12:15 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्