शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युवा चिनियाँ वैज्ञानिकहरूका लागि स्थापित अन्वेषक पुरस्कार विजेता घोषणा

युवा चिनियाँ वैज्ञानिकहरूका लागि स्थापित अन्वेषक पुरस्कार विजेता घोषणा

चीनमा पूर्णकालिक रूपमा काम गर्ने युवा वैज्ञानिकहरूलाई सम्मान गर्ने सन् २०२२ को अन्वेषक पुरस्कार (एक्सप्लोरर प्राइज) का ५० जना विजेताहरूको समूहको नाम बिहीबार सार्वजनिक गरिएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

बेइजिङ- चीनमा पूर्णकालिक रूपमा काम गर्ने युवा वैज्ञानिकहरूलाई सम्मान गर्ने सन् २०२२ को अन्वेषक पुरस्कार (एक्सप्लोरर प्राइज) का ५० जना विजेताहरूको समूहको नाम बिहीबार सार्वजनिक गरिएको छ।

यस वर्ष चिकित्सा विज्ञानको क्षेत्रलाई पुरस्कार श्रेणीमा नयाँ रूपमा समावेश गरिएको छ भने पाँच जना क्लिनिकल अनुसन्धानकर्ताहरूलाई सम्मानित गरिएको छ। प्रत्येक विजेतालाई टेन्सेन्ट फाउन्डेसनले आगामी पाँच वर्षमा कुल ३० लाख युआन (करिब ४ लाख ३० हजार अमेरिकी डलर) प्रदान गर्ने आयोजकले जनाएको छ।

अन्वेषक पुरस्कार सन् २०१८ मा टेनसेन्टका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पोनीमा र १४ जना वैज्ञानिकहरूले संयुक्त रूपमा स्थापना गरेका थिए। चिनियाँ मुख्य भूमि, हङकङ र मकाओमा आधारित ४५ वर्षभन्दा कम उमेरका पूर्णकालिक वैज्ञानिकहरूलाई गणित र भौतिकविज्ञान, उन्नत उत्पादन, र ऊर्जा र वातावरण विज्ञानसहित आधारभूत विज्ञान र अत्याधुनिक प्रविधिका १० क्षेत्रहरूको विकासमा सहयोग गर्न सुरु गरेका थिए।

सूचना तथा विद्युतीय प्रबिधि विधामा पुरस्कार विजेता वाङ गुआङयु सन् १९९० को दशकमा जन्मिएका पहिलो पुरस्कार विजेता हुनुहुन्छ। उहाँको अनुसन्धान कार्य ‘आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी’लाई चिकित्सा उपचारमा रूपान्तरण गर्नमा केन्द्रित थियो।  

अर्धचालकसम्बन्धी वैज्ञानिक माई पिरान (पुइ इन माक) मकाओबाट पहिलो पुरस्कार विजेता हुनुहुन्छ। हङकङका भौतिक वैज्ञानिक यिन सियाओबो र फान झियोङलाई यससम्बन्धी अन्तरविषय अध्ययनमा योगदानको लागि सम्मानित गरिएको छ। 

सन् २०२२ सम्ममा अन्वेषक पुरस्कारले २०० जना होनहार युवा वैज्ञानिकलाई आर्थिक सहयोगसहित उनीहरूको कामको लागि प्रोत्साहन गरेको आयोजकले जनाएको छ। 

प्रकाशित: Sep 16, 2022| 07:20 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।