बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भियतनाममा आठ महिनामा भ्रष्टाचारसम्वन्धी एक लाख बीस हजार मुद्दा

भियतनाममा आठ महिनामा भ्रष्टाचारसम्वन्धी एक लाख बीस हजार मुद्दा

भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन्।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

हनोइ- भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन्।

भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन् २०२२ को अहिलेसम्ममा भ्रष्टाचारसम्बन्धी एक लाख २० हजार भन्दा बढी मुद्दा परेको उल्लेख गरिएको छ।

सरकारले भ्रष्टाचारविरुद्ध आक्रमक रूपमा अभियान चलाईरहेकाले भ्रष्टाचारसम्बन्धी मुद्दा बढेको सरकारी अधिकारीहरूको भनाइ छ। 

'हामीले यस बर्ष भ्रष्टाचारविरुद्ध शसक्त अभियान चलाएका छौँ, त्यसबाट धेरै सकारात्मक नतिजा पनि आएको छ,' एक सरकारी अधिकारीले भने।

दर्ता भएका मुद्धाको सङ्ख्या यती भए पनि भ्रष्टाचारका घटना भने यो भन्दा धेरै रहेको पनि अधिकारीहरुले अनुमान गरेका छन्। 

kumari

उनीहरुले भ्रष्टाचार विरुद्धको अभियानलाई अझ तिव्रताका साथ अगाडि बढाउने अठोट पनि व्यक्त गरेका छन्।

प्रकाशित: Sep 15, 2022| 23:15 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।