बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार

लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार

कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

सिड्नी- कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ।

अस्ट्रेलियाली विश्वविदालयका अनुसन्धाताहरूले बिहीबार तीन हजार ५०० भन्दा बढी अष्ट्रेलियालीमा गरिएको कोभिड–१९ प्रभाव अनुगमन सर्भेक्षणमा सन् २०२१ को तुलनामा मनोवैज्ञानिक त्रासको स्तर कम देखिएको बताएका छन्।

अध्ययनमा सहभागिता गराइएका १८ देखि २४ वर्ष उमेर समूहका दुई तिहाइभन्दा बढी उत्तरदाताले महामारीका कारण सबैभन्दा बढी सन्तुष्टि गुमाएका उनीहरूले १२ महिनाअघिको तुलनामा आफ्नो जीवन राम्रो भएको बताएका थिए।

अध्ययनका सहलेखक निकोलस बिडलले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “यसको अर्थ यो होइन कि अस्ट्रेलिया महामारीपूर्वको स्वास्थ्य र मानसिक स्वास्थ्यमा फर्किएको छ। 

अक्टोबर २०१९ को तुलनामा सन् २०२२ को अगष्टमा जीवन सन्तुष्टि कम थियो।   दुई करोड ५० लाख रहेको अस्ट्रेलियामा महामारी सुरु भएयता अहिलेसम्म पुष्टि भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ। 

kumari

प्रकाशित: Sep 16, 2022| 04:45 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।