शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको घटनाको शिक्षक महासंघद्वारा निन्दा

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको घटनाको शिक्षक महासंघद्वारा निन्दा

नेपाल शिक्षक महासंघले डिल्लीबजारस्थित विजय स्मारक माध्यामिक विद्यालयका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुव्र्यवहार भएकामा घटनाको निन्दा गरेको छ ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

National life

काठमाडौं- नेपाल शिक्षक महासंघले डिल्लीबजारस्थित विजय स्मारक माध्यामिक विद्यालयका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुव्र्यवहार भएकामा घटनाको निन्दा गरेको छ।

शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुर्व्यवहा गरेका थिए। महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले बिहीबार विज्ञप्ति जारी गरी देशका कर्णधार बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय जस्तो पवित्रस्थललाई आफ्नो राजनैतिक क्रिडास्थल नबनाउन र समग्र शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा कायम राख्‍न आग्रह गरेका छन्। 

विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई कडा कारबाही र विद्यालयमा भयमुक्त वातावरण सिर्जना गर्न नेपाल सरकारसँग माग गरिएको छ।

प्रकाशित: Sep 15, 2022| 22:04 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।