आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महिला उद्यमशिलता प्रवर्द्धन उद्योग संगठन मोरङको पहल

महिला उद्यमशिलता प्रवर्द्धन उद्योग संगठन मोरङको पहल

महिला उद्यमशिलता प्रवर्द्धन, विकास एवं विस्तारका साथै क्षमता वृद्धि गराई उद्यमशिलता विकासको मूल प्रवाहमा महिला उद्यमीहरुको सहभागिता अभिवृद्धि गराउने उद्देश्यले उद्योग संगठन मोरङ, आर्थिक संयोजक समितिको आयोजनामा महिला उद्यमशिलता प्रवद्र्धनमा सहयोग पुर्याउन महिला वित्तिय अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

विराटनगर– महिला उद्यमशिलता प्रवर्द्धन, विकास एवं विस्तारका साथै क्षमता वृद्धि गराई उद्यमशिलता विकासको मूल प्रवाहमा महिला उद्यमीहरुको सहभागिता अभिवृद्धि गराउने उद्देश्यले उद्योग संगठन मोरङ, आर्थिक संयोजक समितिको आयोजनामा महिला उद्यमशिलता प्रवद्र्धनमा सहयोग पुर्याउन महिला वित्तिय अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा संगठनका अध्यक्ष सुयस प्याकुरेलले महिलाहरुले स्थानीय सिप र श्रमको प्रयोग गरी सञ्चालन गरेको उद्योगलाई आर्थिक विकासमा समाहित गरी महिला सशक्तिकरणका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताए।  महिलाहरुलाई उद्यमशिलतामा तर्फ आकर्षित गर्न सरकारका विभिन्न निकायहरुबाट प्रदान गरिएका सुविधाहरुमा महिला उद्यमीहरुको पहुच सुनिश्चीत हुने वातावरण तयार गर्न सबैको उत्तरदायित्व भएको अध्यक्ष प्याकुरेलले वताए। 

आर्थिक संयोजन समितिका संयोजक पारस लुनियाले परिवर्तित नीति नियम र बजारको प्रणालीका कारण महिला उद्यमीहरुको सोच र सृजनात्मकताले विभिन्न समस्याको सामना गर्नुपरेको बताउँदै महिला उद्यमीहरुको व्यावसायिक क्षमता विकासमा कार्यत्रमले सहयोग पुर्याउने विश्वास लिए। 

प्रकाशित: Aug 09, 2021| 15:25 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्