शुक्रबार, जेठ १, २०८३

प्रहरीलाई योग सिकाउन 'हेडक्वार्टर'ले गर्‍यो सम्झौता

नेपाल प्रहरीलाई पतञ्जली योग समितिले योगाभ्यास गराउने भएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- नेपाल प्रहरीलाई पतञ्जली योग समितिले योगाभ्यास गराउने भएको छ। प्रहरी प्रधान कार्यालय र पतञ्जलि योग समिति नेपालबीच यससम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो। 

National life

नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग वृत्ति विकास महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौर र पतञ्जलि योग समिति नेपालको तर्फबाट मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले उक्त सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप ऊर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा समितिका संरक्षक एवं पूर्वप्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले नेपाल प्रहरीसँगको सहकार्यमा योगाभ्यास गराउँदै आएको चर्चा गर्दै सम्झौताले आगामी दिनमा प्रहरी कर्मचारीहरू योगाभ्यासमा थप सहभागी हुने उल्लेख गरे।

सम्झौता अनुरूप नेपाल प्रहरी अन्तर्गतका तोकिएका कार्यालयहरू तथा तालिम प्रदायक निकायहरूमा प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा योग प्रशिक्षक प्रशिक्षण गराउने लक्ष्य छ। 

प्रकाशित: Sep 15, 2022| 19:18 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।