बुधबार, साउन १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'युके पठाइदिन्छु' भनेर साढे १३ लाख ठगेका अभियुक्त पक्राउ

'युके पठाइदिन्छु' भनेर साढे १३ लाख ठगेका अभियुक्त पक्राउ

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- संयुक्त अधिराज्य (युके) पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोलुखुम्बु दूधकोशी गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्की छन्। उनी बिहीबार पक्राउ परेका हुन्। 

कार्कीले केही व्यक्तिलाई श्रमिक भिसामा युकेलगायतका देश पठाइदिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिएका थिए। उक्त रकम लिएपछि सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।

प्रकाशित: Sep 15, 2022| 19:09 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।