काठमाडौं– काठमाडौं महानगरले हात्तीसारस्थित जय नेपाल हलको कम्पाउन्डमा डोजर चलाउँदा टुकुचा खोला भेटिएको छ। बिहीबार महानगरले टुकुचा खोला फेला पार्न डोजर प्रयोग गरेको थियो।
टुकुचाको बहाव क्षेत्र फेला पारेर डोजरले खोतल्दा खोला भेटिएको महानगरले बताएको हो। महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी गरेको थियो ।
डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले बताए। महानगरले अभियानै घोषणा गरे पछिल्लो समय अवैध अनधिकृत संरचनामाथि डोजर चलाउँदै आएको छ।