काठमाडौं- मानिसको जीवनमा पोषणको महत्त्व र यसको वैज्ञानिक विधिमा आधारित रहेर कविता महर्जनद्वारा लेखिएको पुस्तक 'पोषण व्यवस्थापन र यसको महत्त्व' सार्वजनिक गरिएको छ। नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा आयोजित कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ, विकासविद् दीपक चौधरी र लेखक महर्जनले पुस्तक सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै डा. श्रेष्ठले अधिकांश बिरामी षोषण व्यवस्थापनमा चुक्दा रोग निको नभएर निराश हुने गरेको अनुभव सुनाए। 'विशेष गरेर क्यान्सरका बिरामीलाई कुन खानेकुरा कति र कसरी खाने भन्ने थाहा नभएर गर्दा समस्या झन् बढेर जाने गरेको छ। यस्तो समस्या समाधान गर्न यो पुस्तकले सघाउँछ,' डा. श्रेष्ठले भने।
नेपाल क्यान्सर अस्पतालमा पोषणविद्को रुपमा कार्यरल लेखक महर्जनले चित्रसहित कुन खानेकुरा के–कति र कसरी खाने भनेर पुस्तकमा उल्लेख गरेकी छन्। पुस्तक ‘दिगो विकास तथा शान्ति यात्रा’ले प्रकाशन गरेको हो।