सोमबार, असार १, २०८३

खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवार ६ वर्षसम्म कालोसूचीमा : प्रमुख निर्वाचन आयुक्त थपलिया

आयोगले तोकेको समयसीमाभित्र खर्च विवरण सार्वजनिक नगरे त्यस्ता उम्मेदवारलाई ६ वर्षसम्म कालोसूचीमा राखेर निर्वाचनमा भाग लिन नदिइने।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालोसूचीमा राखिने बताएका छन्। आयोगले तोकेको समयसीमाभित्र खर्च विवरण सार्वजनिक नगरे त्यस्ता उम्मेदवारलाई ६ वर्षसम्म कालोसूचीमा राखेर निर्वाचनमा भाग लिन नदिइने उनको भनाइ छ।

National life

बिहीबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकका लागि नगरकोटमा सुरु गरेको दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कालोसूचीमा परेका त्यस्ता उम्मेदवारले ६ वर्षसम्म निर्वाचनमा उम्मेदवार बन्न नपाउने उनले सुनाए। नियोगकले उम्मेदवारले गर्ने खर्चको पर्यवेक्षण गरी दलीय व्यवस्थामा दलहरूले आफ्ना नीति, विचार र सिद्धान्त स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए। उम्मेदवारका लागि आयोगले तोकेको रकम निर्वाचन लड्न पर्याप्त रहेको उनको दाबी छ। 

उम्मेदवारले आयोगले तोकेको रकमले पुग्दैन भन्नु मतदाताको अपमान हुने उनको धारणा छ। थपलियाले निर्वाचनको मिति घोषणादेखि मत परिणाम घोषणापछि विजयी उम्मेदवारले गर्ने भोजभतेर पनि निर्वाचन खर्चमै जोडिने हुँदा यसको पनि पर्यवेक्षण गर्नुपर्ने बताए। 

दलका उमेदवारले सामाजिक सञ्जालमा गरेको खर्चमा आयोगले निगरानी राख्ने उनले जानकारी दिए। १० हजार ८९० मतदान केन्द्रमा हुने निर्वाचनलाई स्वच्छ, धाँधलीरहित बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने थपलियाले सुनाए। प्रशिक्षणमा ७७ जिल्लाका जिल्ला संयोजक र सात वटै प्रदेशका संयोजक सहभागी छन्।

Shivam cement

प्रकाशित: Sep 15, 2022| 15:03 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...