जनता बैंक नेपाल लिमिटेडद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फुलचोकी आधारभुत विद्यालय, पनौती, काभ्रेलाई दूई थान कम्प्युटर हस्तान्तरण गरिएको हो । बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई सामाग्री हस्तान्तरण गरे ।
जनता बैंकले सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गरिरहेको छ । विशेष गरी ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्य परिक्षण र पाठेघर सम्बन्धि निःशुल्क अपरेशन तथा सामुदायिक विद्यालयको स्तर उन्नतीलाई मध्येनजर गरी विद्यार्थीहरुलाई छात्रवृत्ति र शिक्षण सामाग्री उपलब्ध गराई सहयोग गरिएको छ ।
यस बर्ष देशै भरीबाट सामुदायिक विद्यालयका दुई सय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने र रोल्पा, हुम्लाजस्ता विकट जिल्लामा स्त्री रोग सम्बन्धी तथा आँखाको मोतिविन्दुको निःशुल्क अपरेशनको लागि स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम छ ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा मेयर न्यौपानेले पनौती नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्था नाजुक रहेकोले ति वडाहरुमा जनता बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको परियोजना संचालन गर्न आग्रह गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४