सोमबार, असार १, २०८३

खुल्यो आउँदो चुनाव लक्षित म्यादी प्रहरी भर्ना

सरकारले आउँदो निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना आह्वान गरेकामा बिहीबारदेखि आवेदन खुलाइएको हो।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं– सरकारले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबारदेखि म्यादी प्रहरीको भर्ना खुलाएको छ। सरकारले आउँदो निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना आह्वान गरेकामा बिहीबारदेखि आवेदन खुलेको हो।

National life

म्यादीमा भर्ना हुन आवेदन दिन बिहीबारदेखि  हरेक जिल्ला प्रहरी कार्यालयमा ठूलो संख्यामा युवायुवतीको भीड लागेको छ। म्यादीमा भर्ना हुन स्नातकोत्तर पासदेखि आमाहरुसम्मले निवेदन दिएका छन्। ४० दिने सेवावधिमा म्यादी प्रहरीमा छानिए प्रतिदिन ८६९ रुपैयाँका दरले ४० दिनसम्मका लागि व्यक्तिगत बैंक खातामा उनीहरुको पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ दिइनेछ। 

यस्तै, खाद्यान्नबापत प्रतिव्यक्ति एकमुष्ट ७ हजार २०० रुपैयाँ दिइनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम रासन दररेटअनुसारको रकम उपलब्ध गराइनेछ। पोसाक तथा अन्य सामान खरिद गर्न प्रतिव्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट दिइने सरकारले बताएको छ। 

निर्वाचनमा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँ आउजाउ तयारीस्वरूप प्रतिम्यादी प्रहरी एकमुष्ट १ हजारका दरले तयारी खर्च दिइनेछ भने ३ सय रुपैयाँका दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध गराइनेछ। अन्य सुविधा सरकारले तोकेबमोजिम हुने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग भर्ना छनोट शाखाले बताएको छ।

म्यादी प्रहरीमा भर्ना हुन चाहनेले ३० भदौदेखि ६ असोजसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सक्नेछन्।

Shivam cement

प्रकाशित: Sep 15, 2022| 14:25 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...