मंगलबार, वैशाख ११, २०८१

चीनसँग नेपालको एउटै स्वर- अघोषित नाकाबन्दी अन्त्य गर

प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भेटका सहभागीले भने, 'लामो समयदेखि नेपालको निर्यात रोकिएको छ। आयात पनि राम्रोसँग नहुँदा समस्या भएको छ। बेलाबेला हुने नाकाबन्दीले नेपालका व्यापारीहरु मारमा परेका छन्। त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको छ।'
 |  बिहीबार, भदौ ३०, २०७९

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- चार दिनको लागि नेपाल भ्रमणमा आएर बिहीबार फर्किएका चिनियाँ सभामुख लि जान्सुसँगको भेटमा प्रधानमन्‍त्री शेरबहादुर देउवासहित सबै नेताहरुले 'अघोषित नाकाबन्दी' अन्त्य गर्न माग गरेका छन्। सभामुख अग्‍निप्रसाद सापकोटाको निमन्त्रणामा सोमबार काठमाडौं ओर्लिएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष लि बिहीबार बिहान काठमाडौंबाट दक्षिण कोरियाका लागि उडेका छन्। 

triton college

नेपालमा उनले सभामुख अग्‍निप्रसाद सापकोटासँग भेटेर औपचारिक द्विपक्षीय भेटवार्ता सुरु गरेका थिए। सोमबार बेलुका नयाँ बानेश्‍वरस्थित संसद्‌ भवनबाट सुरु गरेको द्विपक्षीय भेटघाटको कार्यक्रम बुधबार बेलुका शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सकिएको  थियो।

चिनियाँ नेता लिले सोमबार बेलुका सभामुख सापकोटासँग भेट गरेका थिए भने मंगलबार बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नयाँ बानेश्‍वरस्थित संसद्‌ भवनमा भेटवार्ता गरेका हुन्। त्यसैगरी मंगलबार दिउँसो परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग र बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको थियो। बुधबार बिहान भक्तपुर घुमेर फर्किएका चिनियाँ नेता लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न बुधबार बेलुका शीतलनिवास पुगेका थिए। 

उक्त द्विपक्षीय भेटवार्ताका क्रममा द्विपक्षीय व्यापार र कनेक्टिभिटी,  चिनियाँ महत्वाकांक्षी परियोजना बीआरआई, पार्टी-पार्टी सम्बन्ध, एमसीसी र एसपीपी, नेपालको आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचन, अक्टोबर दोस्रो सातादेखि सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं जनकंग्रेसलगायत विषयमा छलफल भएको थियो। नेपालका सबै नेताहरुले भने चीनले उत्तरी नाकामा गर्दै आएको 'मनपरी' अन्त्य गर्नुपर्ने कुरा उठाएका थिए। 

चिनियाँ नेता लिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार अपरान्ह भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा खोल्‍नका लागि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। सचिवालयले भन्यो, 'प्रधानमन्त्रीज्यूले सीमा नाका बन्द हुँदा द्विपक्षीय व्यापारमा समस्या देखिएको र नेपालमा चाडबाड सुरु हुनै लाग्दा नेपाली व्यापारीहरुले ल्याएको सामान सीमा नाकामा नै रोकिएकोले चिनियाँ सीमामा रोकिएका सामानहरु ल्याउनका लागि चाँडो पहल गरिदिन आग्रह गर्नुभएको छ।' 

corrent noodles
Metro Mart
नेपालमा उनले सभामुख अग्‍निप्रसाद सापकोटासँग भेटेर औपचारिक द्विपक्षीय भेटवार्ता सुरु गरेका थिए। सोमबार बेलुका नयाँ बानेश्‍वरस्थित संसद्‌ भवनबाट सुरु गरेको द्विपक्षीय भेटघाटको कार्यक्रम बुधबार बेलुका शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सकिएको  थियो।

दसैं, तिहारका लागि ल्याएका ती सामान बोकेका कन्टेनर निर्वाध आउने वातावरण मिलाउन आग्रह गरेका थिए देउवाले। प्रधानमन्त्रीको भनाइ उदृत गर्दै भेटका सहभागीले भने, 'लामो समयदेखि नेपालको निर्यात रोकिएको छ। आयात पनि राम्रोसँग नहुँदा समस्या भएको छ। बेलाबेला हुने नाकाबन्दीले नेपालका व्यापारीहरु मारमा परेका छन्। त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको छ।'

चिनियाँ नेता लीले प्रधानमन्त्रीसँगको भेटमा तिब्बतमा कोभिड-१९ को संक्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा नाका पुन: खुला गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चिनियाँ नेता लीले प्रधानमन्त्रीसँग तिब्बतमा कोभिड–१९ को संक्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा नाकाहरु पुनः खुला गर्ने र नेपालमा आगामी चाडपर्वका लागि ल्याइएको सामान बोकेका कन्टेनरहरू आवतजावत गर्न सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।'

शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका लीले त्यहाँ पनि सीमा नाका खुलाउने विषयकै सामना गर्नुपर्‍यो। राष्ट्रपति कार्यालय स्रोतले भन्‍यो, 'राष्ट्रपतिज्यूले  सीमा नाका खुलाएर सहज बनाइदिनुपर्‍यो भनेर चिनियाँ नेतासँग आग्रह गर्नुभएको छ।' 

परराष्ट्र मन्त्री डा. नारायण खड्काले पनि चिनियाँ तेस्रो वरीयताका नेता लिसँगको भेटमा आफ्नो चीन भ्रमणका क्रममा भएको सहमति स्मरण गराएका थिए। उनको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी वाङ यीसँग रसुवा-केरुङ तथा तातोपानी-झाग्मु नाकाबाट दुईतर्फी व्यापार सुचारु गर्ने र हिल्सा-पुलाङ नाकालाई एकतर्फी रुपमा खोल्ने सहमति भएको थियो। उक्त सहमति कार्यान्वयन गर्न चिनियाँ नेता लीसँग परराष्ट्रमन्त्री खड्काले आग्रह गरेका थिए। 

परराष्ट्र मन्त्रालय स्रोतले भन्‍यो, 'मन्त्रीज्यूले चिनियाँ नेतासँगको भेटमा आफ्नो चीन भ्रमणका क्रममा भएको सहमति कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो। चिनियाँ नेता लिले पनि चाँडै सीमा नाका पूर्ण रुपमा खुला गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।' 

प्रकाशित: Sep 15, 2022| 14:40 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...