बिहीबार, साउन १४, २०८३

पर्साबाट २७ किलो चरेससहित तीन महिला पक्राउ

प्रहरीले पर्सागढी नगरपालिकाबाट ठूलो परिमाणमा लागूऔषध चरेशसहित तीन महिलालाई पक्राउ गरेको छ। करिब २७ किलो चरेससहित प्रहरीले तीन महिलालाई पक्राउ गरेको हो।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

पर्सा- प्रहरीले पर्सागढी नगरपालिकाबाट ठूलो परिमाणमा लागूऔषध चरेशसहित तीन महिलालाई पक्राउ गरेको छ। करिब २७ किलो चरेससहित प्रहरीले तीन महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-८ की ४२ वर्षीया कल्पना मोक्तान, ३६ वर्षीया कवितामाया बल र २३ वर्षीया रीता विश्वकर्मा पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार मोक्तानको झोलाबाट ८ किलो ६ सय ९० ग्राम, बलको झोलाबाट ५ किलो १ सय १० ग्राम र विश्वकर्माको झोलाबाट १३ किलो ८ सय ग्राम चरेश बरामद भएको छ।

उनीहरूलाई प्रहरीले बुधबार राति साढे ७ बजेको समयमा पर्सागढी नगरपालिका-२ बागबानाबाट पक्राउ गरेको हो। अस्थायी प्रहरी पोस्ट मनवाबाट खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा जितपुरबाट मनवातर्फ जाँदै गरेको ना२ह ३१८६ नम्बरको सार्वजनिक अटोलाई रोकी चेक गर्दा अटोमा सवार ती महिलाहरूले बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चरेस बरामद भएको हो।

उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Sep 15, 2022| 13:48 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।