शुक्रबार, साउन १, २०८३

भ्यानसंँग मोटरसाइकल ठोक्किदा हवल्दारको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । शनिबार राती भएको दुर्घटनामा परि भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय सहायक हवल्दार हरिश भट्टको मृत्यु भएको हो । 

कैलालीको टिकापुरबाट से२प ९६६९ नं को मोटरसाइकलमा आउँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढीतर्फ जाँदै गरेको से१ज ८६२ नं को भ्यान आपसमा ठोक्किँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । 

दुर्घटनामा भएको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीको टोलीले सख्त घाइते अवस्थामा भेटिएका भट्टलाई तत्कालै उपचारार्थ अत्तरियाको अस्पतालमा भर्ना गरे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको हलद्धानीतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो । 

ठक्कर दिने भ्यान र चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन् । भट्ट उग्रतारा सशस्त्र प्रहरी गण टिकापुरमा सहायक हवल्दार पदमा कार्यरत रहेको बुझिएको छ । रासस 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।