बिहीबार, साउन १४, २०८३

समृद्धिका लागि सुशासन आवश्यक छ : गणेश जोशी

काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीले ‘सुशासन र समृद्धि’ विषयक दुईदिने राष्ट्रिय सेमिनार आयोजना गर्ने भएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काठमाडौं- काठमाडौंको शंखमूलस्थित चैतन्य एकेडेमीले ‘सुशासन र समृद्धि’ विषयक दुईदिने राष्ट्रिय सेमिनार आयोजना गर्ने भएको छ। 

असोज १ र २ मा धुलिखेलमा हुने सेमिनारको उद्घाटन प्रोफेसर डा. सुरेशराज शर्माले गर्ने कार्यक्रम तय भएको एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले जानकारी दिए। समृद्धिका लागि सुशासन आवश्यक हुने भएकाले यस कार्यक्रमको आयोजना गरिने भएको उनको भनाइ छ।

सेमिनारमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शासकीय विषयक सत्र विज्ञहरूबीच सञ्चालन हुने जोशीको भनाइ छ। पूर्वमुख्यसचिव एवं सेमिनारका सभाध्यक्ष विमल कोइरालाले सेमिनारमा भएको छलफलबाट प्राप्त निष्कर्ष र सुझाव सरकारलाई पेस गरिने बताए।

एकेडेमीले विगत १० वर्षदेखि देशको समग्र विकास, रुपान्तरण एवं समृद्धिलाई मुख्य विषय मानेर देशमा उपलब्ध विज्ञहरूको सहभागीतामा बौद्धिक बहस आयोजना गर्दै आएको छ।

‘नेपालमा व्यवस्था फेरिए पनि शासन प्रणाली उही छ। पात्र र प्रवृत्ति फेरिएन। नयाँ पात्र सिर्जना गर्न पनि सकेनौं। प्रवृत्तिमा पनि उसले बदमासी गरेको थियो, मैले गर्दा के हुन्छ भन्ने भयो,’ उनी भन्छन्। जनताको अधिकारको रक्षा र जनताकै सहभागितामा शासन भए मात्र मुलुकमा सुशासन र समृद्धि कायम हुने उनी बताउँछन्।

सेमिनारमा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, पूर्वमुख्यसचिव कोइराला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्राध्यापक अच्युत वाग्ले, राष्ट्रिय सभा सदस्य विमला राई पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, पूर्वाधारविद् सूर्यराज आचार्य, लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशराज मैनाली, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानलगायतको अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीति, राजनीति र कर्मचारीतन्त्रको अन्तरसम्बन्ध, विकासमा निजी क्षेत्र र उद्यमशीलता विषयमा बहस हुने आयोजकले जनाएको छ। सेमिनारको कि नोट स्पिकरको रुपमा गोपिनाथ मैनाली रहेका छन्।

चैतन्यले १० वर्षदेखि राष्ट्रिय सेमिनार आयोजना गर्दै आएको छ। कार्यक्रमको समापन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन्।

प्रकाशित: Sep 15, 2022| 07:45 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।