बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अजरबैजानले एक सय अर्मेनियाली सैनिकको शब फिर्ता गर्ने घोषणा

अजरबैजानले एक सय अर्मेनियाली सैनिकको शब फिर्ता गर्ने घोषणा

अजरबैजानले सीमा क्षेत्रमा हालै भएको झडपमा मारिएका १०० अर्मेनियाली सैनिकको शव फिर्ता गर्ने प्रस्ताव गरेको छ।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

बाकु- अजरबैजानले सीमा क्षेत्रमा हालै भएको झडपमा मारिएका १०० अर्मेनियाली सैनिकको शव फिर्ता गर्ने प्रस्ताव गरेको छ।

'अजरबैजानले युद्धविरामको आह्वान गरेको छ र एकतर्फी रूपमा १०० अर्मेनियाली सैनिकको शव आर्मेनियालाई हस्तान्तरण गर्न तयार छ,' अजरबैजानको युद्धबन्दीसम्बन्धी राज्य आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

येरेभानले हालैको झडपमा कम्तीमा ४९ जना आफ्ना सैनिकको मृत्यु भएको जनाएको छ। 

आर्मेनिया र अजरबैजानबीचको सीमामा भएको भिडन्तमा मङ्गलबार करिब १०० सैनिकको मृत्यु भएको थियो भने दुवैतर्फका आक्रमणले लामो समयदेखिका प्रतिद्वन्द्वीहरूबीच व्यापक शत्रुता भड्किने डरलाई बढावा दिएको थियो।

अजरबैजानको एक भाग नागोर्नो–काराबाखलाई लिएर दुई देशबीच दशकौँदेखि द्वन्द्व चल्दै आएको छ तर सन् १९९४ मा पृथकतावादी युद्ध अन्त्य भएयता आर्मेनियासमर्थित जातीय अर्मेनियाली सेनाको नियन्त्रणमा छ।

kumari

अजरबैजानले सन् २०२० मा छ हजार ६०० भन्दा बढी मानिसको ज्यान जाने गरी भएको छ हप्तासम्म चलेको युद्धमा नागोर्नो–काराबाखको विशाल भूभाग पुनः प्राप्त गरेको थियो।

प्रकाशित: Sep 14, 2022| 23:25 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।