बुधबार, फागुन २०, २०८२

अगस्टमा भारतको थोक मुद्रास्फीतिमा सामान्य न्यूनता

भारतको थोक मूल्य सूचकांक (डब्लूपीआई) अगष्ट महिनामा १२.४१ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जनाएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

नयाँ दिल्ली- भारतको थोक मूल्य सूचकांक (डब्लूपीआई) अगष्ट महिनामा १२.४१ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जनाएको छ।

‘अल इन्डिया होलसेल प्राइस इन्डेक्स (डब्लुपीआई) नम्बरमा आधारित मुद्रास्फीतिको वार्षिक दर सन् २०२२ को अगस्टमा सन् २०२१को सोही महिनाभन्दा कमी भएको छ। यो १२.४१ प्रतिशत कायम भएको छ।

जुलाई २०२२ मा डब्लुपीआईमा आधारित मुद्रास्फीति १३.९३ प्रतिशत रहेको थियो। 'सन् २०२२ को अगष्टमा खनिज तेल, खाद्य वस्तु, कच्चा पेट्रोलियम तथा प्राकृतिक ग्यास, आधारभूत धातु, रसायन र रासायनिक पदार्थ, बिजुली, खाद्य पदार्थ आदिको मूल्यवृद्धिले मुख्यतया अघिल्लो वर्षको सोही महिनाको तुलनामा मुद्रास्फीतिमा योगदान पुर्‍याएको छ,' विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयका अनुसार अगस्टमा डब्लुपीआई इन्डेक्समा जुलाईको तुलनामा ०.४६ प्रतिशतले कमी आएको छ। थोक बजारमा मूल्यको सूचक डब्लुपीआई मुद्रास्फीति, मुख्यतया विश्वव्यापी रूपमा वस्तुहरूको मूल्यमा तीव्र वृद्धि वा कमीको कारण परिवर्तन हुने गर्छ।

प्रकाशित: Sep 15, 2022| 05:15 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।